logo
  • शुक्रबार, असोज ९ २०८३

एमाले विरूद्व सत्ता गठबन्धन दलले मिडियालाई दुरूप्रयाेग गरे : अध्यक्ष भुसाल


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दिपेन्द्र श्रेष्ठ, अर्घाखाँची चैत २९ ।
नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले एमाले विरूद्व सत्ता गठबन्धन दलले मिडियालाई समेत दुरुप्रयाेग गरेकाे आराेप लगाउनुभयाे । केही मिडिया सञ्चालकलाई प्रयाेग गरि मिडिया मार्फत अफवाह फैलाउने काम भइरहेकाे बताउनुभयाे ।
प्रेस चाैतारी समद्व पत्रकारले तथ्यकाे आधारमा सत्य स्थापित गरि जनतालाइ सचेत बनाउन आग्रह गर्नुभयाे । सोमबार भयेको प्रेस चाैतारी जिल्ला शाखाकाे बैठकलाई सम्बाेधन गर्दै भुसालले एमालेले सग एक्लै लड्ने तागत नभएर पाच दलकाे गठबन्धन गरे पनि फेरि एमालेले जित्ने आधार भएपछि गठबन्धन आतकित भइरहेकाे बताउनुभयाे ।

जनता विना दलकाे गठबन्धनले एमाले अर्घाखाँचीलाई कुनै असर नपार्ने बताउदै एमालेका उम्मेदवारलाई विजय यात्रामा कसैले राेक्न नसक्ने बताउनुभयाे । अध्यक्ष भुसालले एमालेमा प्रवेशकाे लहर रहेकाे बताउदै अझै हजाराै प्रवेश गर्ने बताउनुभयाे ।

कार्यक्रम प्रेस चाैतारी केन्द्रीय निर्वाचन आयाेगका अध्यक्ष गणेश खनाल,लुम्बिनी प्रदेश अध्यक्ष शाेभाकर पन्थी,पार्टी फ्याक्सन इन्चार्ज हिमबहादुर जिसि,केन्द्रीय प्रतिनिधि नविन केसि लगाएले मन्तव्य राख्नुभएको थियाे । प्रेस चाैतारी जिल्ला अध्यक्ष वसन्त श्रेष्ठकाे अध्यक्ष,सचिव माधव बेल्वासेकाे सञ्चालनमा सम्पन्न बैठकले विभिन्न निर्णय समेत गरेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend