साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी चैत २७ ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार भएका छन् । नेकपा माओवादी केन्द्र धुर्कोट गाउँकमिटीको शनिबार बसेको बैठकले पोखरेललाई फेरी पनि गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरको गाउँकमिटी अध्यक्ष गोपाल कुँवरले जानकारी दिए ।
कार्यसम्पादन मुल्याकंनमा पोखरेलकै नेतृत्वमा लुम्बिनी प्रदेशमा पहिलो तथा नेपालमै तेस्रो स्थानमा आउन सफल भएको, अब्बल भौतिक संरचना निर्माण गरेको लगायतका विकास निर्माणका कामका कारण पोखरेललाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिएको कुँवरको भनाई छ ।
पोखरेल कक्षा नौ मा पढ्दा नै तत्कालिन माओवादीको जनयुद्धमा सहभागि भएका थिए । २०५८ देखि ०६१ सम्म अखिल (क्रान्तिकारीको) दुई कार्यकाल गुल्मी जिल्ला अध्यक्ष भएका थिए । हाल उनी पार्टीको लुम्बिनी प्रदेश कमिटीको सदस्य छन् । पाँच बर्षसम्म आफुले गरेको कामले गर्दा जनताले फेरी पनि आफुलाई विजयी बनाउनेमा विश्वस्त रहेको पोखरेलको भनाई छ ।
धुर्कोट गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुनेभनेपनि अझैसम्म टुंगो लागेको छैन । जसका कारण माओवादी केन्द्रले अध्यक्षको उम्मेदवार घोषणा गरिसकेको छ भने काँग्रेस र एमालेले अझै घोषणा गरेका छैनन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend