logo
  • शुक्रबार, असोज ९ २०८३

मदाने १ अग्लुङ्गबाट काँग्रेसका युवा नेता चन्द अध्यक्ष पदको उम्मेदवारमा सर्वसम्मत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी चैत्र २५ ।

देशभर नै स्थानिय तहको चुनावको माहोल तातिरहदा गुल्मीमा पनि स्थानीय नगरपालिका, गाउँपालिका र वडामा धमाधम उम्मेद्वारी घोषणा भै रहेका छन् । यसै शिलशिलामा गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका युवा समाजसेवी सुशील चन्द वडा नम्बर १ को अध्यक्ष पदमा  नेपाली काङ्ग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार चयन भएका छन ।लामो समय देखि समाजसेवा सँगै नेपाली काङ्ग्रेस अग्लूंग बाट राजनीति गर्दै आएका चन्द शुक्रबार सर्वसहमति वडा अध्यक्ष पदको उम्मेदवारका लागि चयन भएको नेपाली काङ्ग्रेस अग्लुङ्गका उसभापति पुर्ण खत्रीले जानकारी दिनुभयो । सानै उमेर देखि समाजसेवामा लागेका चन्द अग्लुंगमा समस्यामा परेका स्थानीयहरुको सारथिको रुपमा काम गर्दै आएका छन् ।

स्थानीय बासीको समस्यालाई आफ्नै समस्या जस्तै मान्ने चन्द स्थानि स्तरमा हुने अनियमितता,ढिलासुस्ती र सेवा प्रवाहमा चुस्त राख्नको लागि आवाज उठाउदै आएका छन् ।

कक्षा ८ मा पढ्ने बेला देखि नेपाल विद्यार्थी संघमा आबद्ध भएका चन्द नेपाली काङ्ग्रेसबाट राजनीतिमा होमिएको झन्डै १ दशक भएको छ । पछिल्लो पटक राजनीत सँगै समाजसेवाका कार्य समेत गर्दै आएका चन्दले स्थानीय वासिन्दाहरुको हरेक समस्यामा साथ दिदै आएका छन ।

नेपाली कांग्रेस अग्लुंग बाट अध्यक्ष पदको लागि आकांक्षी अन्य धेरै व्यक्तिहरु भएपनि पार्टीले बिश्वास गरेर उम्मेदवार बनाएको र अब आफू अध्यक्षको प्रत्यासी बनेर स्वच्छ प्रतिस्पर्धामा भाग लिने र अझै लामो समय जनताको साथमा रहेर जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा आफु विस्वस्त रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend