logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा टाइफाइड विरुद्धको खोप दिन सुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री,गुल्मी चैत्र २५ ।

गुल्मी जिल्लामा बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन सुरु भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन सुरु भएको हो ।खोपको एक कार्यक्रमका बिच तम्घास स्थित अर्जुन आवासीय माध्यमिक बिद्यालय खोप केन्द्रमा जिल्ला समन्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले स्वास्थ्य कर्मीलाई भ्याक्सीन क्यारियर दिएर शुभाम्भ गरेका हुन् । खोपको शुभारम्भ गर्दै पराजुलीले सबै लक्षीत समुह नछुटाउन आग्रह गरे । खोपको प्रभावकारीता धेरै रहेकाले अनिवार्य आफ्ना छोरा छोरीलाई सम्बन्धी खोप केन्द्रमा लगेरखोप लगाउन पराजुलीले सबैलाई आग्रह गरे ।

जिल्लामा करिव ६८ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका खोप फोकल पर्सन बोम आर्यालले बताए । टाइफाइड विरुद्धको खोप देशभरी एकै चरणमा २०७८ चैत्र २५ देखि २०७९ वैशाख १८ गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । जिल्लाका ९३ वटै स्वास्थ्य चौकीबाट टाइफाइड विरुद्धको खोप लगाउनु भएको अर्यालले बताउनु भयो । नेपालमा विगत ५ वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करिब ४ लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेको तथ्याङ्क पाइएको छ । विगत ३ वर्षको तथ्याङ्क अनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगहरूमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको छ ।अस्पताल भर्ना हुने विरामीहरू मध्ये चौथो कारण यहि रोग रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले बताउनु भयो । यो शुरुमा १५ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरूलाई अभियानको रुपमा एक मात्रा खोप दिइने भएको छ । त्यसपछि नियमित खोप मार्पmत १५ महिनाको उमेरमा एक सवै वालबालिकाहरु लाई १ मात्रा खोप निरन्तर उपलब्ध गराउने भएको छ । हाल नेपालमा प्रयोग गरिने खोप ः त्थउजयष्म ऋयलवगनबतभ ख्बअअष्लभ ९त्ऋख्० “त्थ्एज्क्ष्द्यभ्ख्” यो खोप भारतको द्यष्ययिनष्अब िभ्। ीष्mष्तभम बाट उत्पादन भएको हो ।

यो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तर प्रमाणित ९ध्ज्इ उचभत्रगबषिष्भम० खोप हो । यो खोपको प्रभावकारिता ९६.९५% सम्म रहेको अध्ययनले देखाएको छ । यो खोप रङ्ग विहिन, सफा झोलको रुपमा ५ मात्राको भायलमा उपलब्ध हुन्छ । एउटा भायलमा २.५ मि.लि हुन्छ । यो खोप एक मात्रा ०.५ मि.लि. दिइन्छ । यो खोपको भायलमा भि.भि.एम. रहेको हुन्छ । खोपको मात्रा ः ०.५ मि.लि. खोप लगाउनु पर्ने पटक ः एक पटक रहेको छ । कोल्ड चेन व्यवस्थापन सवै तहमा ं२० से. देखि ं८० से. तापक्रम कायम राख्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend