logo
  • शनिबार, असोज १० २०८३

गुल्मी महोत्सवको तयारी पुरा,उद्घाटन गृहमन्त्री खाँडले गर्ने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री,गुल्मी चैत्र २४ ।

कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सवको सम्पूण तयारी पुरा भएको आयोजकले जनाएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चल्ने चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाकोे अबसरमा आयोजित पत्रकार सम्मेलन मार्फत सम्पूर्ण तयारी पुरा भएको महोत्सव प्रचारप्रसार समिति संयोजक ताराप्रसाद भुसालले बताए ।महोत्सवको शुक्रवार गृहमन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्ने कार्यक्रम रहेको भुसालले बताए । महोत्सवमा आउने पाहुना तथा दर्शकहरुलाई मध्य नजर राखेर तम्घास बजार प्रबेश गर्ने तीन स्थानमा स्वागत गेट निर्माण गरिएको छ । स्वागत गेट तम्घासको उपल्लो तम्घास, पुतलीबजार र उदिनढुङ्गामा निर्माण गरिएको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । महोत्सवलाई सफल बनाउन तम्घास बजार वासीले आफनो घर घरमा स्वागत व्यानर राखेर सिंगारिएको छ । महोत्सव हुने चिदीचौर मैदानमा मेला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु,बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि प्रर्दशन गरिने भएको छ । वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो । तर कोरोना महामारीले गर्दा तोकीएको समयमा गर्न सकेको थिएनन् ।

महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, माहुरी, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिँने भएको छ । महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत बाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । गुल्मी महोत्सवमा चिदीचौर खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ । महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ । महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ ।

सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए । जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ । अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, महोत्सव अवधिभर राखिने भुसालले बताए । त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने भएको छ ।

महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend