साझा नेटवर्क
उर्मिला यादव यात्री
बुटवल, २४ चैत ।
संचार माध्यममा खानेपानी तथा सरसफाइ विषय एवम खानेपानी तथा सरसफाइ विषयमा सरोकारवालाहरुसँग अन्तरकृया कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ । पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा सन्चारिका समुह नेपाल लुम्बिनी प्रदेशको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्रालयका सि।डि ।ध्रुव धितालले खानेपानी र सरसफाइ विषय एकदमै महत्त्वपुर्ण विषय भएकोले प्रदेश सरकारले एक घरमा एक धारा अभियान सुरु गरेको बताउनु भएको छ । उहाले सरकारले हरेक स्थानीय तहमा तीन बर्स भित्रमा सबै घर धुरीमा आवासीय खानेपानी पुर्याउने लक्ष्य तोके पनि त्यो लक्ष्यमा पुग्न अझै कठिनाई भएको बताउनु भएको छ ।विभिन्न कारण स्रोतको कमि,कोभिडको कारणले गर्दा पनि गति लिन नसकेको गुनासो गर्नु भएको थियो ।
प्रदेश सरकारले आर्थिक योजनामा आर्थिक बर्ष २०८०र८१ मा सतप्रतिशत घरधुरीमा आधारभुत खानेपानी पुर्याउने लक्ष्य लिएको धितालले जानकारी दिनु भएको थियो । कार्यक्रममा संचारिका समुह लुम्बिनी प्रदेशको अध्यक्ष अमृता अनमोलले सन्चार माध्यममा खानेपानी तथा सरसफाइ विषय एवम खानेपानी तथा सरसफाइ विषयमा पत्रकारहरुको भुमिका, समाचारका विषयका बारेमा जानकारी गराउनु भएको थियो ।
यस्तै गरि कार्यपत्र टिप्पणीकर्ता लेखक,पत्रकार तथा बिश्लेषक युवराज कंडेलले पालिका स्तरमा खानेपानी तथा सरसफाइको अवस्थाका बारेमा प्रदेश सरकारले तथ्यांक उपलब्ध गराउन नसकेको टिप्पणी गर्नु भएको थियो ।उहाले खानेपानी तथा सरसफाइका क्षेत्रमा प्रदेशको हरेक पालिका स्तरमा योजना ,एेन,मापदण्ड र दीर्घकालीन निति बनाउन आवश्यक रहेको बताउनु भएको थियो ।
यस्तैगरि कार्यक्रममा उठेका जिज्ञासाका बारेमा बोल्दै पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सचीव महेशचन्द्र न्यौपानेले स्थानीय तहदेखि लिएर केन्द्रसम्म खानेपानी तथा सरसफाइ क्षेत्रमा पहुँचको आधारमा बजेट छुट्याइने भएकोले बजेट बिनियोजनमा धेरै समस्या हुने गरेको बताउनु भएको छ । खानेपानी तथा सरसफाइका विषयको तथ्यांकमा कमि लगायत संघ संस्थाको समन्वयमा कमि भएकोले प्रदेशमा एउटा पनि योजना अझैसम्म पुरा नभएको बताउनु भएको छ । यस्तै गरि खानेपानी तथा सरसफाइ उपभोक्ता समिति केन्द्रिय सदस्य साबित्रा रेग्मिले खानेपानीका विषयमा उठेका जिज्ञासाको बारेमा जवाफ दिनु भएको थियो । कार्यक्रममा सन्चारिका समुह्का जिल्ला अध्यक्ष , सदस्य लगायत खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका पदाधिकारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend