logo
  • शुक्रबार, असोज ९ २०८३

वैदेशिक राेजगारी त्यागेर समाजसेवामा लागेका काफ्ले राजनीतिमा पनि


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, गुल्मी चैत २४।
लामो समय वैदेशिक राेजगारीमा रहेका ईश्वर काफ्ले समाजसेवा सँगै राजनीतिमा पनि प्रवेश गर्ने भएका छन । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै देशभर चुनावी सरगर्मी बढे सङ्गै स्थानीय तहमा थुप्रै व्यक्तिहरुले आफ्नो उम्मेद्बारी घोषणा गर्दै आएका छन ।

निर्वाचनको समय नजिकिदैँ जाँदा गाउँदेखि शहरसम्म चुनावी माहोल यतिबेला तातेको देखिन्छ। २०७४ सालकाे स्थानीय निर्वाचनबाट सिंहदरबारकाे अधिकार गाउँगाउँमा पुग्याे रे ? तर कतिपय स्थानमा अझै सम्म एम्बुलेन्स समेत पुग्न सकेका छैनन्, जहाँ स्थानीय सरकारका प्रतिनिधीहरू सुविधा सम्पन्न गाडीमा २४ घण्टा ओहाेर-दाेहाेर गरिरहेकाछन् ।

यस्तै अवस्था देखेर वैदेशिक राेजगारीका सिलसिला कतारमा रहेको समय स्वदेश तथा बिदेशी भूमिमा होस् नेपाली समुदायमा आइपर्ने बिभिन्न समयमा उनले सहयोग गरेका छन्। विदेशी भूमीमा श्रम गरिरहेका युवाहरूकाे अभियानमा  काफ्लेले रम्भा गाउँपालिका वडा नं. १ मा कोहि एम्बुलेन्सको अभावमा कोहि स्थानीय बासीले अकालमा ज्यान गुमाउन नपरोस भने उदेश्यले उनले आफ्नो गाउँमा तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा एम्बुलेन्स गाउँपालिका तथा स्थानीय हुँगी स्वास्थ्य चाैकीलाइ हस्तान्तरण गरेका थिए  ।

रम्भा गाउँपालिका १ हुँगीमा जन्मिएका काफ्ले आफ्नो आधा जीवन अर्थात् १७ वर्ष  उनि  आफ्नो जीवन कतार मा संघर्ष गरे । अहिले ३७ बर्षका छन्। स्थानीय सरकारले जनताको लागि जति कामहरु हुनुपर्ने हो नगरेको अनुभूती नभएकाे भन्दै आक्रोस व्यक्त गर्न थाले। तिनै युवा इश्वर गाउँफर्कने अभियानमा हानिए । २० बर्षको उमेरमै लाहुर गएका उनी आफ्नो कमाइको केही प्रतिशत रकम आफ्नो जन्मभुमिकाको बिपन्नता,असहाय र दुखिलाई छुट्याउदै सामाजिक कार्यमा खर्च गर्दै आइ रहेका थिए ।

त्यसै समय विश्वभर काेराेना महामारी पनि सुरू भयाे । गाउँमा उपचार नै नपाएर मर्नुपर्ने अवस्था समेत सिर्जना भयाे । त्यसै माैकामा काफ्ले कतारलाई सधैँका लागि हात हल्लाउँदै गाउँमै फर्किए । काेराेनाका समयमा संक्रमितहरूलाइ अस्पतालसम्म पुर्याउने तथा आर्थिक सहयाेगमा जुटे ।

पाल्पाकाे रम्भा १ मा मात्र हाेइन पाल्पाको हरेक क्षेत्रमा मृर्गौला पिडितहरुलाई नगद समेत गर्दै आएका काफ्लेले धुर्मुस सुन्तली फाउण्डेसनका हरेक कार्यमा सहयोग, चितवनको सानो घर र सहाराको घरमा करिब १० लाख वराबरको सहयोग, दाङ महानगर पालिकाको एउटा गाउँमा एक्दमै पीडित दुई बृद्धअवस्थाका दम्पतिलाई ब्यक्तिगत लगानीमा ३ लाख बराबरको घर निर्माण गरि हस्तान्तरण समेत गरेका छन् ।

गाउँमा स्वास्थ क्लिनिक खोलेर सेवा प्रदान गरिरहेका उनले युवा स्वरोजगार ध्यानमा राखेर विभिन्न व्यवसायिक याेजना अगाडी सार्नुका साथै १० जना युवालाई रोजगार पनि दिइसकेका छन्। समाज सेवा मेरो धर्म मानेर बिगत १२ वर्ष देखि विभिन्न सामाजिक संस्थामा काम गर्दै आएका काफ्ले पाल्पाली सेवा समाज कतारको अध्यक्ष, नेपाल हातेमालो सामाजिक संस्था कतारको अध्यक्ष, एन आरएनए कतारमा पनि रही भुमिका निर्वाह गरिसकेका छन्।

न्यू थ्रीस्टार युवा क्लब रम्भा १ पाल्पाको अध्यक्ष समेत रहेका काफ्ले लोक दोहोरी प्रतिष्ठान केन्द्रको मानार्थ सदस्य, ठकुरी सहयोग संजाल नेपालको मानार्थ सदस्यको रुपमा रहेका काफ्ले सुख दुख र आवश्यकताकाको  गाउँको केन्द्रबिन्दु बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend