साझा नेटवर्क
अनिल खत्री, गुल्मी चैत २२ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गुल्मीमा राष्ट्रिय दल मान्यता प्राप्त नभएका ११ दलले दल दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार राष्ट्रिय दल मान्यता प्राप्त ६ वटा रहेका छन् । त्यो बाहेकका ११ दलले दल दर्ता गराएका हुन् ।
राष्ट्रिय दल मान्यता प्राप्त दल, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जनता समावादवादी, लोकतान्त्रिक समाजवादी दल रहेका छन् । यीदल बाहेक दर्ता भएका दलहरुमा राप्रप्रा नेपाल, राष्ट्रिय पजातन्त्र पार्टी,राष्ट्रि जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी माले, विवेकशील साझा पार्टी, मंगोल नेश्नल अर्गानाइजेसन, नेपाली कांग्रेस विपी, राष्ट्रिय एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी, जन समाजवादी पार्टी नेपाल रहेका छन् ।
स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् । जसमध्ये १ लाख १० हजार ५९ जना पुरुष र १ लाख १४ हजार २१५ जना महिला रहेका छन् । २ जना अन्य मतदाता रहेका छन् ।
जिल्लामा महिला मतादाताको संख्या धेरै रहेको छ । गुल्मी जिल्लामा २०७८ सालको जनगणना अनुसार कुल जनसंख्या २ लाख ४६ हजार ८३६ जना रहेको छ । जसमध्ये पुरुष १ लाख १२ हजार ७८८जना रहेका छन् । महिला १ लाख ३४ हजार ४८ जना रहेका छन् ।
निर्वाचनको लागि १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । दुई निर्वाचन क्षेत्र १२ वटा स्थानीय तह रहेको छ । जिल्लामा ९३ वटा वडा रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुने भएका छन् । जिल्लामा रहेका २ नगरपालिका, १० गाउँपालिकागरि ९३ वडामा आगामी ५ वर्षका लागि उक्त जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend