logo
  • शुक्रबार, असोज ९ २०८३

मालिका गाउँपालिकामा गठबन्धनको भागबण्डा मिल्यो 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सन्तोष महतारा
गुल्मी, २२ चैत ।  गुल्मीकाे मालिका गाउँपालिकामा सत्तारूढ गठबन्धन दलको भागबण्डा मिलेको छ । जिल्लामा पहिलोपटक मालिका गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र  र नेकपा एकीकृत समाजवादीकाे भागबण्डा मिलेको हो । मालिका गाउँपालिकामा अध्यक्षसहित २ वडाध्यक्ष नेकपा माओवादी केन्द्रकाे भागमा परेको छ । साथै नेपाली काँग्रेसकाे भागमा उपाध्यक्षसहित ६ वडाध्यक्ष परेको नेपाली काँग्रेस मालिका गाउँपालिकाका सभापति उपेन्द्र अर्यालले जानकारी दिए ।
गठबन्धनकाे चुनावी घाेषणा कार्यक्रमकाे पूर्व सन्ध्यामा मालिका गाउँपालिकाकाे अर्खबाङ्गमा गरिएको पत्रकार सम्मेलनमा भागबन्डा मिलेको गठबन्धन दलले जनाएका छन् । पत्रकार सम्मेलनका क्रममा गठबन्धन दलबाट अध्यक्ष पदका उमेदवार बनेका नेकपा माओवादी केन्द्र मालिका गाउँ कमिटी अध्यक्ष देविराम अर्यालले आफूहरूले अत्याधिक मतले जित्ने बताएका छन् । नेकपा एमालेसँग  २ हजार भन्दा बढीको मतअन्तरले आफूहरूले सबै वडा र पालिका जित्ने अर्यालले बताए ।
नेकपा माओवादी केन्द्रकाे भागमा गाउँपालिकाकाे वडा नम्बर ३ र वडा नम्बर ८ परेको हो । बाँकी वडाहरु नेपाली काँग्रेसकाे भागमा परेको हो । नेकपा एकीकृत समाजवादीकाे भागमा भने वडासदस्यहरु परेका छन् । नेपाली काँग्रेसले पालिकाकाे उपाध्यक्ष पदको उमेदवार भने अझै टुङ्गाएकाे छैन । गठबन्धन दलले लिखित रुपमा भागबन्डाकाे सम्झौता गरेपछि गठबन्धनकाे चुनाबी घाेषणा कार्यक्रम अर्खबाङ्गमा आयोजना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend