साझा नेटवर्क
काठमाडौं – युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् स्वस्तिका खड्का ।

नृत्य तथा अभिनयमा पोख्त मोडल स्वस्तिका खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।
काठमाडौं कपनकि स्थायी बासिन्दा स्वस्तिका खड्का बिगत २ बर्ष देखि यस क्षेत्रमा आबद्द रहेर ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन । हेर्दा पनि निकै आकर्षण मोडल स्वस्तिका खड्का, हासिरहने शालीन स्वभावकि छिन ।
स्वस्तिका खड्का यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन । सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने स्वस्तिका अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिशरत छिन ।
आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरि सकेकी स्वस्तिका खड्काले टिभि एड, २/३ वटा टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन । सौन्दर्य प्रतियोगितामा प्रतिस्प्रधा गरेर सिने क्षेत्रमा प्रवेश गरेकी उनले दर्जनौ फेशन सो हरुमा आफ्नो क्षमता प्रदर्शन गरिसकेकी मोडल स्वस्तिका भन्छिन, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।
उनी भन्छिन मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन।
प्लस टुमा अध्ययनरत स्वस्तिका खड्का परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी छिन । मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ खड्का भन्छिन ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend