logo
  • शुक्रबार, असोज ९ २०८३

कालीगण्डकीमा नेकपा एमालेले ढकाललाई अध्यक्षको उम्मेदवार बनाउने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सज्जन ढकाल, गुल्मी चैत २२ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले कालीगण्डकी गाउँकमिटी, गुल्मीले आगामी स्थानीय तहको निर्वाचनमा यूवा नेता रामजी ढकाललाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
पार्टीको आईतबार बसेको बैठकले ढकाललाई सर्वसम्मत रुपमा कालीगण्डकी गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । ढकाल हाल नेपाल कम्युनिष्ट पार्टी एमाले कालीगण्डकी गाउँ कमिटी अध्यक्ष र जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । १४ वर्षको उमेरमै विद्यार्थी राजनिति सुरु गरेका ढकाल २०५१ सालमा अनेरास्ववियुमा आबद्ध भएका थिए ।

जिबनोद्वार मावि पूर्तिघाटमा प्रारम्भिक कमिटीको अध्यक्ष हुँदै २०५३ मा अनेरास्ववियु गुल्मी जिल्ला कमिटी सदस्य, स्वबियु निर्बाचन २०५४मा बुटवल बहुमुखि क्याम्पसमा अत्याधिक मतले सदस्यमा बिजय भएका थिए । ढकालले समाज शास्त्रमा स्नातक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend