logo
  • शनिबार, असोज १० २०८३

केवाईसी-गुल्मी ले रंगारंग कन्सर्ट गर्ने,आधा दर्जन कलाकार कराङ्गतुङ्ग आउदै


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

देबेन्द्र केसी,

कराङ्गतुङ्ग युवा कल्व (केवाईसी-गुल्मी)ले आफ्नो स्थापनाको ११औं बार्षिकोत्सव को अबसरमा ‘खुल्ला भलिबल प्रतियोगिता,बिभिद खेलकुद तथा सांस्कृतिक कार्यक्रम’को साथमा रंगारंग कन्सर्ट पनि गर्ने भएको छ। कन्सर्ट को लागि कलाकार हरु रामचन्द्र चन्द,सपना गाहा मगर, नारायण बिपी, सुसिला गौतम,रामु बिसी, बिष्णु श्रीपाली,संगिता चितौरे, बाबुराम कुँवर,अप्सन परियार र अश्मी सुनाम कराङ्गतुङ्ग आउन लागेका छन।रंगारंग कार्यक्रम यहि बैशाख १र२को हुनेछ। स्थापना कालदेखि देखि नै हुँदै आइरहेको खुल्ला भलिबल प्रतियोगिता को दर्ता मिति चैत्र २६देखि २७सम्म रहने आयोजकले जनाएका छन।
भलिबल प्रतियोगिता को प्रथम पुरस्कार चालिस हजार,मेडल र प्रमाणपत्र, दोश्रो पुरस्कार पच्चिस हजार, मेडल र प्रमाणपत्र , तेश्रो पुरस्कार पन्ध्र हजार,मेडल र प्रमाणपत्र अनि सान्त्वना पुरस्कार सात हजार र प्रमाणपत्र रहेको छ। दोश्रो पुरस्कार लाई अनिश कार्की (हाल अष्ट्रेलिया निवासी), तेश्रो पुरस्कारलाई नयाँ दिल्ली स्थित ओएनजिसी मा कार्यरत टिकाराम सुबेदी, बिक्रम कार्की, गोबिन्द सुबेदी,थम्मन सुबेदी, प्रदिप केसी र देबेन्द्र केसी ले संयुक्त रुपमा र सान्त्वना पुरस्कार लाई मुर्गिया निवासी मोहन केसी ले सौजन्य गरेका छन।
खुल्ला नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार आठ हजार र प्रमाणपत्र, दोश्रो पुरस्कार पाँच हजार र प्रमाणपत्र, तेश्रो पुरस्कार तिन हजार र प्रमाणपत्र तथा खुल्ला दोहोरी गीत प्रतियोगिता तर्फ प्रथम पुरस्कार पन्ध्र हजार, दोश्रो पुरस्कार दस हजार र तेश्रो पुरस्कार पाँच हजार राशी राखिएको छ। खुल्ला नृत्य प्रतियोगिता को प्रथम पुरस्कार श्रीकृष्ण इलेक्ट्रोनिक (चितवन)का कृष्ण क्षेत्री र दोश्रो पुरस्कार नयाँ दिल्ली बाट समाजसेवी हरु टिका बहादुर कार्की र प्रेम कार्की (बुढाघरे) ले सौजन्य गरेका छन। ‘कार्यक्रमलाई ऐतिहासिक बनाउने पुरजोर कोषिस छ’ अध्यक्ष बिसन केसी ले भने। ‘दर्ता शुल्क भलिबल तर्फ ३०००, दोहोरी तर्फ २००० र नृत्य तर्फ १०००कायम गरिएको छ’कार्यक्रम बारे जानकारी दिंदै सचिव मनसुन केसी ले भने। कार्यक्रममा आउन आफु हरु निकै एक्साइटेड रहेको र सम्पूर्ण भुर्तुङ्गेलीहरु लाई उपस्थिति को लागि अनुरोध गरेको कलाकार हरु रामचन्द्र चन्द र सुसिला गौतम ले बताए। कराङ्गतुङ्ग र तमेको बिचमा रहेको ऐतिहासिक पातलको खेल मैदान मा हुने रंगारंग कार्यक्रम को संयोजक कुल बहादुर कार्की रहेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend