logo
  • शनिबार, असोज १० २०८३

छड्के मिडिया प्रालिद्धारा २०७९ सालको भित्तेपात्रो बिमोचन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री,गुल्मी चैत्र १८ ।

छड्के मिडिया प्रालिले २०७९ सालको भित्तेपात्रो बिमोचन गरेको छ । छड्के मिडिया प्रालि द्धारा सञ्चालित छड्के न्यूज डटकमले प्रकाशन गरेको भित्तेपात्रो रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बिमोचन गरेका हुन् । पात्रो बिमोचन गर्दै नगरप्रमुख भुसालले समाज विकासमा संचारमाध्यमको महत्वपुर्ण भुमिका रहने उल्लेख गरे । पछिल्लो समयमा छापा मिडिया भन्दा पनि अनलाइन मिडियाले निकै फडको मारेको बताए ।उनले धेरै अनलाइन मिडियाहरु खुलीरहेकाले विश्वसनीय माथी घटदै गएको बताए । अनलाइन मिडियाले समाचार राख्ने क्रममा कतिपयले झुटो र भ्रामक समाचारहरु पनि सम्प्रेषण गर्ने भएकाले त्यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

यस मिडिया प्रालिले आम नागरिकको सत्य तथ्य समाचार सम्प्रेसरणमा ध्यान दिनुपर्नेमा जोड दिए । सञ्चार क्षेत्र निकै महत्वपूर्ण क्षेत्र भएकाले सहि सत्य तथ्य समाचार आम नागरिक सामु पुर्याउनु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल आर्यालले छापा मिडिया भन्दा अनलाइन मिडिया प्रभावकारी बन्दै गएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्न जोड दिए । छड्के न्यूज डटकमले एक वर्ष यता गुल्मी जिल्ला र देश भरका समाचारहरु सम्प्रेषण गर्दै आएको सञ्चालक समितिका अध्यक्ष मनोज कार्कीले बताए ।‘खोज पत्रकारिताको नयाँ अभ्यास’ भन्ने नारा बोकेको छड्के न्यूज डटकमले स्थापनाको छोटो अवधीमा धेरै पाठक माझ लोकप्रिय बन्दै गएको उल्लेख गरे । ग्रामीण वस्तीमा आवाज बिहिन नागरिकहरुको आवाजसँगै विकास निर्माणमा खबदारी यस मिडियाले गर्दै आएको कार्कीले बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनी, लगायत जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार अनिश पन्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend