साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी चैत १६ ।
गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ सामाजिक क्षेत्रमा सकृय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले एक कार्यकमको आयोजना गर्दै जिल्लाका दुई विधालयमा छात्रवृत्ति वितरण गरेको छ ।
समाजले गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति अभियान अन्तर्गतको छुटेको उक्त छात्रवृत्ति गत हप्ता जिल्लाको मालिका गाउपालिका वडा नम्बर ४ अर्खवाङ स्थित श्री पैयापाटा प्राथमिक विधालयका छात्र बिपर्सन अर्याल र छात्रा स्मृति बिक र सोही गाउपालिका वडा नम्बर ३ ह्वाङ्दि महाभिर स्थित श्री देविस्थान माध्यमिक बिधालयका छात्र भरत अर्याल र छात्रा दिपा अर्याललाई हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा समाजका पुर्व सह-कोषाध्यक्ष एवं सल्लाहकार नारायण केसी अर्याल, बिद्यालयका शिक्षक, शिक्षिका विद्यार्थी लगायतको उपस्थीति रहेको थियो । कार्यकम बोल्ने वक्ताहरुले समाजको सह्रानीय कार्यले आफुहरु निकै खुसि भएको बताउदै प्रवासबाट समाजले जिल्लाका लागि चलाएको अभियानले विद्यार्थीको मनोबल वृद्धि गर्ने कार्य गरेकोमा धन्यवाद व्यक्त गरे ।
संस्थाले विस्वभरी फैलिएको कोरोना महामारीका कारण रोकिएको छात्रवृति अभियानलाई पुनः सुचारु गर्दै सोहि अभियानलाई दिगो रुपमा संचानल तथा वितरण गर्नका लागि आगामी दिनमा थप तयारीका साथ छात्रवृति अक्षयकोष स्थापना गर्ने भएको छ ।
समाजले जिल्लाका नगरपालिका तथा गाउपालिकाका विभिन्न विद्यालयहरुमा छात्रवृति वितरण कार्यक्रम गर्दै आएको छ । त्यस्तै समाजले विभिन्न समयमा प्रवास तथा जिल्लामा भइ परी आउने समस्यामा समेत आर्थिक सहयोग उपलब्ध गराउदै आइरहेको छ ।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend