साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार चैत १४ ।
“हामी प्रदेसीको चाहाना, समृद्ध प्रदेश हाम्रो कामना” भन्ने मूल नाराका साथ सन २०१८ मा स्थापना भएको लुम्विनी प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिवेशन हुने भएको छ । आगामी अप्रिल १ तारिख शुक्रबारका दिन कतारको अल दोसरी जु पार्क सहानियामा हुने भएको हो ।
कतारमा रहेका लुम्बिनी प्रदेश बासीहरुको साझा संस्थाको रुपमा रहेको संस्थामा लुम्विनी प्रदेश अन्तरर्गतमा रहेका जिल्ला संस्थाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ्ग, रोल्पा, कपिलबस्तु, रुपन्देही, नवलपरासी गरी हाल ९ जिल्लाबाट १७८ नयाँ परिषद सदस्यहरु आवद्ध छन ।
बुद्ध पाण्डेको नेतृत्व रहेको संस्थाले विभिन्न समयमा देशमा आउने दैवि प्रकोपमा आर्थिक सहयोग गर्दै आएको छ भने विस्वव्यापी रुपमा फैलिएको कोरोनाको कहरमा मात्रृभुमि नेपालमा अक्सिजन सिलिन्डरको अभावमा कोहि नेपालीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले सिलिन्डर अभियानमा सहयोग गरेको थियो ।
गत फेब्रुअरीमा बसेको संस्थाको बैठकले छिट्टै संचालन हुने क्रममा रहेको देशको दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल भैरहवामा लुम्बिनी प्रदेश समन्वय परिषद कतारको लोगो अंकित “ट्रली” यात्रुहरुले प्रयोगका लागि दिने निणर्य गरेको छ ।
अधिबेसनको तयारी अन्तिम चरणमा रहेको संस्थाका अध्यक्ष बुद्ध पाण्डेले जानकारी दिए । कतारमा स्थापित संघ संस्थाहरुलाई निमन्त्रणाका लागी पत्रचार गर्ने कार्य सकिएको र तयारी समेत अन्तिम चरणमा रहेको संस्थाका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक ठाकुर कुमार परियारले साझा नेटवर्कलाई जानकारी दिए ।
उक्त दिन कार्यक्रमलाई सभ्य एवं भव्य रुपमा सु-सम्पन्न गर्नका लागि कतारमा रहेर व्यवसाय संचालान गर्दै आउनुभएका व्यवसायीहरु, बुद्धिजिवी, समाजसेवी, पत्रकार, कलाकार एवं समस्त लुम्विनी प्रदेश बासी दाजुभाई तथा दिदिबहिनीहरुलाई उपस्थितका लागि आयोजकले अनुरोध गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend