logo
  • शुक्रबार, असोज ९ २०८३

ललितपुरको कुमारिपटिमा “कट एण्ड कलर हेयर सलोन” संचालनमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं,  चैत १२।
ललितपुरको कुमारिपटिमा ‘कट एण्ड कलर हेयर सलोनको पुन: शुभारम्भ गरिएको छ । बिगत १२ बर्ष देखि संचालनमा आएको ‘कट एण्ड कलर हेयर सलोन’ पुन: नयाँ स्थान र अत्याधुनिक सेवा सुबिधा सहित संचालनमा ल्याईएको पार्लरकि वनर सारा गुरुङले जानकारी गराएकी छिन।
लोकप्रिय अभिनेत्री, निर्देशक दिपाश्री निरौला, लोकप्रिय हास्य कलाकार सन्दिप क्षेत्रि र बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठले संयुक्त रुपमा रिवन तथा केक काटेर पार्लरको उद्घाटन गरेका थिए। उक्त अवसरमा संचारकर्मी/कलाकार सुर्य चन्द, ब्युटिसियन तथा समाजसेवी निकिता पाण्डे, चर्चित फेसन डिजाईनर काजल शर्मा लगायत अन्य सौन्दर्यकर्मी, समाजसेवी तथा सेवाग्राहीहरुको बाक्लो उपस्थिति रहेको थियो।

यस पार्लरमा अनुभबी सौन्दर्यकर्मी द्वारा सेवा सुविधा उपलब्ध गराइने पार्लरकि संचालक तथा कुशल ब्युटिसियन सारा गुरुङले बताईन। उक्त क्षेत्रको एक मात्र अत्याधुनिक प्रबिधियुक्त पार्लर सौन्दर्य प्रति सचेत महिला तथा पुरुषहरुको लागि भरपर्दो गन्तव्य रहेको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सलोन जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीहरुले सेवा लिन पाउनेछन् ।

महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस ‘कट एण्ड कलर हेयर सलोन’ ललितपुर कुमारीपाटीको केकेएफसीको पछाडि रहेको छ ।

शुभारम्भमा प्रमुख अथिति दीपाश्री निरौला र बिसेष अतिथि सन्दिप क्षेत्रि, रश्मिला श्रेष्ठले सारालाइ बधाई तथा शुभकामाना दिएका थिए । महिलाहरूलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र मिहिनेतका साथै कलाक्षमता प्रदर्शनसँगै आर्थिक रूपमा राम्रो आम्दानी गर्नेतर्फ अघि बढ्न समेत आग्रह गरेका थिए ।

सुन्दर राम्रो बन्ने चाहना सबैको हुन्छ तर सबै ठाउमा भरपर्दो तथा गुणस्तर सेवा पाउन गाह्रो भएको परिस्थितिमा ‘कट एण्ड कलर हेयर सलोन’ सौन्दर्य क्षेत्रमा एक मात्र भरपर्दो र सेवाग्राहीहरुको सर्बाधिक रोजाइमा परेको पार्लर हो जहाँ ग्राहकहरुको माया विश्वास र भरोसा छ। पार्लरको ओपनिङको अवसर तथा नयाँ बर्ष २०७९ को उपल्क्ष्यमा सम्पूर्ण सेवा सुबिधामा २०% छुटको समेत ब्यबस्था गरिएको सारा गुरुङले जानकारी गराएकी छिन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend