logo
  • शनिबार, असोज १० २०८३

गुल्मी सिमीचौर समाज रुपन्देहीद्वारा गुल्मीका विद्यालयमा शैक्षिक सामाग्री वितरण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी चैत १२ ।
गुल्मी सिमीचौर समाज रुपन्देहीले सिमीचौरमा रहेका विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० र ११ बाट कर्मथलो बुटवल बनाएर बसेका बिभिन्न क्षेत्रका व्यक्तिहरु मिलेर गठित संस्थाले सामाजिक कार्य अन्तरगत बिद्यार्थीलाई शैक्षिक सामाग्र वितरण गरेको हो ।
सिमीचौरमा रहेका ७ वटा विद्यालयमा पढने आर्थिक अवस्था कम्जोर भएका अशाय अशक्त विद्यार्थीहरुलाई रु १ लाख बराबरको शैक्षिक सामाग्री सहयोग गरेको संस्थाका अध्यक्ष मानबहादुर केसी (सुमन) ले बताए । संस्थाले सिमीचौर क्षेत्रमा रहेका बिद्यालयहरुमा पुगेर आर्थिक अवस्था कम्जोर भएका बिद्यार्थीहरुलाई सानो सहयोग होस भनी सहयोग गरेको हो ।
०७४ सालमा स्थापना भएको संस्थाले आफ्नो स्थापना कालबाटै जन्म भूमि र कर्म भूमिमा शिक्षा र स्वास्थ्यमा नियमित सामाजिक वार्षिक कार्यक्रम गर्दै आइरहेको केसीले बताए । संस्थाले कोरोना महामारीको समयमा पनि स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । सिमीचौरबाट रुपन्देहीमा बसोवास गर्ने अशाहय अशक्तहरुलाई पनि सहयोग गर्दै आएको छ ।
संस्थामा रहेका बिभिन्न व्यक्तिहरुबाट आर्थिक रकम संकलन गरेर सामाजमा बिभिन्न पिडामा रहेका नागरिकलाई सहयोग गर्नुपर्छ भन्ने भाव संस्थामा रहेको अध्यक्ष केसीले बताए ।

जन्म भूमिलाई कर्मभूमिबाट सुखः दुखमा साथ दिनको लागि संस्थाले काम गर्दै आएको उनको भनाई छ । शैक्षिक सामाग्री वितरण गर्न पुगेका संस्थाका पदाधिकारीलाई बिद्यालयको तर्फबाट धन्यवाद समेत दिएका

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend