साझा नेटवर्क
उर्मिला यादव यात्री, नवलपरासी चैत १२।
पश्चिम् नवलपरासीको सरावल गाउपालिका वडा नम्बर २ मगरमुडहामा जमुना भुसालको संयोजकत्वमा ५१ सदस्यीय नेकपा एमाले टोल कमिटी गठन गरिएको छ ।
जसको सह संयोजकमा चन्द्रभान चौधरी , सचीवमा खेम नारायण चौधरी , सह सचिवमा सन्तोष दुसाध र अमृता चौधरि रहनुभएको छ । यस्तै गरि सदस्यहरुमा दुर्गा तिमिल्सिना , कलावति पन्त लगायत रहनु भएको छ ।
सरावल गाउपालिका वडा नम्बर २ का कमिटी उपाध्यक्ष जमुना भुसालको अध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा सरावल पालिका इन्चार्ज जगदीश चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नवगठित कमिटीलाइ नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य देवराज चौधरी , जिल्ला कमिटी सदस्य सुखादि प्रसाद चौधरी र पन्चराम चौधरी लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend