logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा एमाले बर्दघाटमा नगर कमिटिको कार्यालय उद्घाटन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रामु भुसाल, बर्दघाट चैत १२।
नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बर्दघाट नगर कमिटिको कार्यालय शनिबार एक कार्यक्रमका बीच बर्दघाटमा उद्घाटन गरिएको छ।
नेकपा एमाले बर्दघाट नगर कमिटी अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षता तथा नेकपा एमाले नवलपरासी जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथयतामा सम्पन्न भएको कार्यालय उद्घाटन कार्याक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले राजनितिक दलले विगतका ७० बर्ष सम्म विकास र समृद्धिका कुरा नगरि राजनितिक परिवर्तनका मात्रै कुरा गरेको बताए।अहिले राजनितिक परिर्वतन सम्पन्न भइसकेकोले अबका दिनमा ती रोकिएका विकास र समृद्धिका काम गर्न नेकपा एमालेको सरकार हुन जरुरी रहेको बताउनुभयो। सोही अवसरमा फरक प्रसंगमा बोल्दै प्रमुख अतिथि अधिकारीले अहिलेको गठबन्धन सरकारले विकास निर्माणको लागी पुजीगत खर्च गर्न नसकेको बताउदै प्रदेश सरकारहरुले मन्त्री मण्डलहरुको विस्तार गरि आफ्नो निजि स्वार्थमा लागेको र चालु खर्च मात्र बढाएको हुदा सघिंयता नै धरापमा पार्न खोजेको आरोप लगाउनुभयो।

सोही अवसरमा विशिष्ट अतिथिको रुपमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य एवं सविंधान सभा सदस्य सिन्धु जलेशाले महिला, बालबालिका तथा जेष्ठ नागरिक र अल्पसंख्यकहरुको हितका लागी नेकपा एमालेको सरकारले योजना ल्याएको तर प्रतिपक्षहरुले सो योजना पुरा हुन नदिएका कारण अब सरकार बनाउन नेकपा एमालेलाई स्थानिय तहबाटै जिताउनुपर्ने कुरामिाथ जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव एवं बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट नगरपालिकामा एमालेले जितेपछी विकास निर्माणले अग्रणि फड्को मारेको बताउदै बर्दघाट नगरपालिकाले सडक निर्माण, भौतिक सरंचना निर्माण, कृषी, स्वास्थ्य, शिक्षा र पर्यटनको क्षेत्रमा उल्लेख्यनिय कार्य गरेको बताउदै बाकी रहेका योजना र जनताको सपना साकार पार्न स्थानिय तहमा पुन नेकपा एमालेलाई दोहर्याउनुपर्ने भएको हुँदा  एमालेलाई जिताउन सबै एक भएर लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले महाधिबेशन प्रतिनिधि बद्रि नाथ खनाल, पार्टीका जिल्ला कमिटि सचिवालय सदस्य एवं नवलपरासी सघिंय क्षेत्र नम्बर १ का ईन्चार्ज गोपाल सिहँ आले, जिल्ला कमिटि सचिवालय सदस्य एवं नगर ईन्चार्ज ईश्वरी घिमिरे, अनेम संघकी जिल्ला अध्यक्ष राधा ढकाल, जिल्ला कमिटि सचिवालय सल्लाहकार सयोंजक टेक बहादुर आरसि, पुर्व जिल्ला कमिटि सदस्य फुल कुमारी गिरि, एकदेव पाण्डे, सुबास जिसि, पुर्व जिल्ला कमिटि सल्लाहकार समयोजक लिला लामिछाने लगाएतले मन्तब्य राख्दै पार्टी लाई बिजय बनाउन पार्टी का हरेक गतिविधिमा नेता कार्यकर्ता लाग्नुपर्ने मा जोड दिनु भयेको थियो।

नेकपा एमाले बर्दघाट नगर कमिटिको कार्यालय बर्दघाट ४ बर्दघाटमा स्थापना गरिएको र कार्यालय बाट पार्टीका हरेक गतिविधि र कामहरु सञ्चालन गरिने नगर कमिटि अध्यक्ष हमालले बताउनु भएको छ ।नेकपा एमाले बर्दघाट नगर कमिटि उपाध्यक्ष शिवदेव न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन नगर कमिटि उपसचिव देवीदत्त सापकोटाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend