logo
  • शनिबार, साउन ३० २०८३

कलकतामा हुने सार्क राष्ट्र कराते प्रतियोगितामा भाग लिन जाने खेलाडिलाई बिदाई


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रञ्‍जित चौरसिया, वीरगंज चैत १०।
भारतको कलकतामा आयोजना हुन लागेको सार्क राष्ट्र कराते प्रतियोगितामा भाग लिन जान लागेका कराते खेलाडीहरुलाई आज वीरगंजमा सम्मान सहित बिदाई गरिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १० कबड हल घडिअर्वामा आयोजित कार्यक्रममा वीरगंजबाट प्रतियोगितामा भाग लिन जान लागेका २० जना खेलाडिहरुलाई वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगी र नेकपा एमालेका युवा नेता अजय कुमार गुप्ताले खादा, अबरि टीका र माला लगाई बिदाइ गर्नु भएको हो ।

सो अवसरमा युवा नेता गुप्ताले खेलाडिहरुलाई आर्थिक सहयोग समेत गर्नु भएको थियो । कार्यक्रममा बोल्दै मेयर सरावगी र नेता गुप्ताले वीरगंजका खेलाडिहरु प्रतियोगितामा विजयी हुने पुर्ण आशा र विश्वास लिदै वीरगंज तथा देशकै नाम चिनाउन सफल हुने बताएका थिए ।

करोत गुरु राजकुमारको नेतृत्वमा भारतको कलकतामा आयोजना हुन लागेको सो प्रतियोगिता भाग लिन खेलाडिहरु गएको गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend