logo
  • शनिबार, असोज १० २०८३

मानव कल्याण मित्र मञ्च नेपालले मनायो स्थापना दिवस,अक्षयकोषका लागि १५ लाख दिने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

किरण अधिकारी, गुल्मी  चैत ०९ ।
मानव कल्याण मित्र मञ्च नेपाल तिलोत्तमा रूपन्देहीले स्थापना दिवस मनाएको छ । मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले समाज कल्याणले कल्याणकारी काम गरेकाले सहकार्यका लागि आफुहरू तयार रहेको बताए ।
सो अबसरमा संरक्षक पुरूषोतम भट्टराई ,राष्ट्रिय भुमि आयोग रूपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्री ,पुर्व जिसिअ टेकबहादुर थापा, रोटरी क्लवका लक्ष्मण ज्ञवाली ,संस्थाका सहकोषाध्यक्ष मन्जु भुसाल,शंकरनगर दर्गादत्त माबिका प्राचार्य चण्डी पाण्डे ,समाजसेवि कृष्णप्रसाद ज्ञवाली ,संस्थाका सचिव कविता पन्थी लगायतले बोलेका थिए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरे मानव कल्याण मित्र मन्च ले बिगत देखि निरन्तर रूपमा समाज सेवा गर्दै आएको र बिभिन्न कठिनाइका र अप्ठ्यारोमा परेका बालबालिका महिला पुरुष जुन नेपाल र भारतमा वर्षै देखि हराईरहेका हरू लाई उद्दार गर्दै आएको छ।
मानव कल्याणको निमित्त निरन्तर काम गर्दै आएको मानव कल्याण मित्र मन्चले अझै धेरै उत्कृष्ट काम गर्दै जाओस् भन्दै शुभकामना दिनुभएको हो साथै समाज सेवामा हामी सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो।‌ सो अवसरमा संरक्षक पुरूषोतम भट्टराई ,अध्यक्ष दुर्गा अर्याल र शालिकराम गौतमले संस्थालाई ५–५ पाँच लाख प्रदान गर्ने घोषणा समेत गरे । तीन जनाले दिने कूल १५ लाख रकम अक्षयकोषमा राखिने छ ।
स्थापना दिवसमा केक पनि काटिएको थियो । २०७५ साल चैत्र ९ गते स्थापित मत्र्चले ३ वर्षको अबधीमा २ हजार बालबालिकाको उद्धार गरेको र मानवीय सेवासंगै सामाजिक क्षेत्रमा क्रियाशील रहेको मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend