साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी चैत ०९ ।
गुल्मी जिल्ला धुर्कोट गाँउपालिका २ पिपलधारा का वैदेशिक रोजगारीमा रहेका यूवाहरु द्वारा संचालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गुल्मीको अधिवेशन सम्पन्न भएको छ।
विगत आठ वर्षदेखी अनवरतरुपमा सामाजिक कार्य गर्दै आएको विशुद्ध सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले आफ्ना मुलकार्य समिति पुर्नगठन गरेको छ ।
संस्थापक अध्यक्ष बावुराम थापा, पुर्व अध्यक्ष कमल जि.सी र निवर्तमान अध्यक्ष कृष्ण प्रसाद खनाल,टोप बहादुर गौतम,रामप्रसाद घिमिरेको सफल कार्यकाल पश्चात नव गठित अध्यक्ष अमृतकुमार खड्का को अध्यक्षता मा केन्द्रिय समिति गठन गरेको छ । केन्द्रीय समतिमा तपसिल बमोजिम का पदाधिकारीहरु रहेका छन् ।
अध्यक्ष–अमृतकुमार खड्का उपाध्यक्ष–लक्ष्मण जि सि महासचिव–मेहर सिहं बस्नेत सचिव-कमल बस्नेत सहसचिव–बिक्रम जि सि कोषाध्यक्ष– रामप्रसाद खनाल सहकोषाध्यक्ष–कृष्ण बस्नेत,सङगठन प्रमुख- युबराज खड्का,शिक्षा तथा स्वस्थ्य संयोजक-हरि शर्मा,सुचना तथा संचार सयाेंजक-शालिक राम विश्वकर्मा,सास्कृतिक संयोजक – प्रेम सागर विश्वकर्मा,खेलकुद संयोजक- बाबुराम खड्का ,नेपाल संयोजक मोहन खडका,स्थानीय संयोजक हिम शिखर रसाईलि,संयोजक- प्रकाश थापा,प्रबाश सयाेंजक विर्शन शर्मा।
सदस्यहरू क्रमस केशवराज घिमिरे,प्रितम खडका,नवीन महत, टंक महत,कृष्ण जि सि, प्रशान्त खनाल,बाबुराम खड्का, शुनिल परियर,लीला जी सी ,झग बहादुर थापा ,ज्ञान बहादुर जि सी,लक्षमण परीयार,दुर्गेश महत,अर्जुन खडका,प्रकाश के सि,प्रेम खनाल,तेजेन्द्र घिमीरे ,नारायण थापा ,दोर्ण जि सी,रामु परियार ,सल्लाकारहरू त्रमश कमल जि सी, कृष्ण प्रसाद खनाल,टोप बहादुर गौतम,राम प्रसाद घिमिरे,रविन महत,अशिम महत, बिक्रम खड्का, महेन्द्र थापा,अर्जुन ज्ञावाली,दिपक खनाल,कमल जिसि, डिम बहादुर महत,जनार्दन खनाल,नबीन जि सी,निरंजन खडका,राजेन्द्र खडका गरि ३७ सदस्य मूल समिति र १६ सदस्य सल्लाहाकार समिति रहेको छ।
स्मरणरहोस् पिपलधारा चौतारी सम्पर्क समिति विश्वसञ्जाल गुल्मी ले वडाको चौतर्फी विकास को लागी थुप्रै उल्लेखनीय योगदान दिंदै आएको छ जसमध्ये साविकका गाविसवासीहरु को समस्या लाई मध्यनजर गर्दै छहवर्ष अगाडि स्वास्थ्यचौकी लाई एम्बुलेन्स् हस्तान्तरण गरेको थियो भने विभिन्न जनचेतनामूलक होर्डिङ्ग बोर्ड विभिन्न चोक तथा सिमानाहरु मा लगाएको थियो ।
वडाको बजारक्षेत्र मा मन्च तथा संस्थाको कार्यलय निमार्णकार्य सम्पन्न गरेको थियो । उक्त संस्थाले हरे बर्ष थुप्रै विपन्न र असाहय हरुलाई आर्थिक सहयोग गराउदै आएको छ। सेवानै धर्म हो भन्ने मूल उदेस्य राखेर बिक्रम सम्बत २०७१ देखि सक्रिय यो संस्था गुल्मी जिल्लामै परिचित अबम लोकप्रिय छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend