साझा नेटवर्क
अनिल खत्री
९ चैत, गुल्मी । आगामी चैत २५ देखि बैशाख ४ गते सम्म सञ्चालन हुन लागेको चौंथो गुल्मी महोत्सवको मिति नजिकिन थाले पछि महोत्सवको प्रचार प्रचार समेत तिब्र पारिन थालेको छ । महोत्सव लाई थप प्रभावकारीे बनाउनको लागि स्थानीय तहसम्म पुगेर प्रचार प्रचार समितिले सबैलाई निम्तो दिन थालेको छ ।
गुल्मी उधोग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेल, रामप्रसाद पन्थीको नेतृत्वमा परिचालन गरिएको प्रसार प्रसार समितिले जिल्ला स्थानीय तह तहमा पुगेर त्यहाँका जनप्रतिनिधिहरु भेटघाट समेत गरेको छन् । चार गाउँपालिका र एक नगरपालिकामा प्रचार प्रचार समितिले पाँच वटै क्षेत्रमा पुगेर नगर प्रमुख गाउँपालिका अध्यक्ष उप प्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेका छन् ।
महोत्सव लाई कसरि प्रभावकारि बनाउने र स्थानीय स्तरमा रहेका विभिन्न कल सस्कृति कृषि व्यापार तथा उघोग लगायतका सामाग्री र प्रस्तुति हरु लाई उल्लेख्य मात्रमा महोत्सवमा कसरी सहभागी गराउने भने बिषयमा छलफल गरिएको छ । स्थानीय तहले गाउँ घरमा उत्पादन भएका वस्तुहरु महोत्सवमा लाउने बिश्वास दिलाएका छन् ।
गुल्मी उघोग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको चौंथो गुल्मी महोत्सव आर्थिक, साँकृतिक एवम् पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै महोत्सव लाई स्थानीय तहबाट सक्दो सहयोग गर्ने जनाएको प्रचार प्रसार समितिका संयोजक ताराप्रसाद भुसालले बताउनु भयो । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरेको हो ।
चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ । महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ ।
सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए । जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ ।
अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, महोत्सव अवधिभर राखिने भुसालले बताए । त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने भएको छ ।महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend