logo
  • शनिबार, असोज १० २०८३

गुल्मी जिल्ला अस्पतालमा टोकन प्रणाली शुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी चैत ०७।
गुल्मी जिल्ला अस्पतालमा ‘टोकन प्रणाली’ शुरु भएको छ। बिरामीको भिडभाड र घण्टौं लाइन बस्नुपर्ने समस्या समाधानको लागि पाँच लाख लागतमा अस्पतालमा आइतबारबाट ‘टोकन प्रणाली’ शुरु भएको हो।
टोकन प्रणालीको शुरुवात गर्दै अस्पतालका नवनियुक्त अध्यक्ष भरत पाण्डेयले अस्पतालको बहिरंग बिभागमा आएका बिरामीले टिकट काट्न लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्न टोकन प्रणाली शुरु गरीएको बताए । ‘टोकन प्रणाली शुरु भएपछि बिरामीले टिकट काट्न लाइनमा बस्नुपर्ने छैन ।’ उनले भने, ‘अब आगामी दिनमा डाक्टरलाई जाँच गराउन र प्रयोगशालाको लागि पनि व्यवस्था गर्दैछौ ।

जिल्लाका विभिन्न गाउँबाट स्वास्थ्य परीक्षणका साथै अन्य काम लिएर सदरमुकाम आएकाहरुले टोकन लिएर आफ्नो पालो आउनेबेला सम्म अन्य काम पनि गर्न सक्ने अध्यक्ष पाण्डेले बताए । गुल्मी जिल्ला अस्पतालमा पछिल्ला वर्षहरुमा बिरामीको निकै चाप छ । अहिले दैनिक जसो तीन सयको संख्यामा बिरामी बहिरंग विभागमा आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. उत्तम पाच्याले बताए ।

गुल्मी अस्पतालको ५० सैयाको नयाँ भवन निर्माण भैरहेकोले साँघुरो भवनमा सेवा प्रवाह भैरहेको छ । तर पनि अस्पतालले भएको संरचनाको उचित व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेका डाक्टर पाच्याले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend