logo
  • शुक्रबार, साउन ८ २०८३

४० हजार राशिको अध्यक्षकप भलिबल पुरस्कार पिपलधारा ‘ए’ लाई


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

हुमाकान्त पोखरेल,गुल्मी चैत ०७।
धुर्कोट गाउँपालिकाद्धारा आयोजित दोस्रो अध्यक्षकप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ पिपलधाराको ‘ए’ समुहले जितेको छ ।
आइतबार जैसिथोकको कालापोखरा खेलमैदानमा भएको खेलमा वडा नम्बर ६ रजस्थलको ‘ए’ समुहलाई हराउदै पिपलधारा ‘ए’ ले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाण–पत्र हाँसिल गरेको हो । खेलमा वडा नम्बर ६ रजस्थलको ‘ए’ समुह द्धितिय भएको छ भने जैसिथोक र पिपलधाराको ‘बी’ समुह तृतिय भएको गाउँपालिकाका शिक्षा शाखा सहायक कर्मचारी राजु पछाईले जानकारी दिए ।

दोस्रो र तेस्रो हुने समुहले क्रमश  ३० एवम् १५/१५ हजार, नगद र प्रमाण–पत्र प्राप्त गरेका छन् । शनिबारदेखि सुरु भएको खेलमा रेफ्रिको भूमिका निर्वाह गर्ने हुम बहादुर बोहोरा र राजेन्द्र थापालाई पनि सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रममा पिपलधारा, रजस्थल, वाग्ला र नयाँगाउँबाट दुई/दुई समूह तथा हाडहाडे, जैसिथोक र वस्तुबाट एक÷एक समुह गरी कुल ११ समुहले सहभागिता जनाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँगाउँमा लुकेर रहेको प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्री, वडा नम्बर २ का अध्यक्ष नविन जिसी, वडा नम्बर ७ का अध्यक्ष हिम प्रसाद पन्थी लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, विभिन्न विद्यालयमा अध्यापनरत शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend