साझा नेटवर्क
साझा नेटवर्क, बागलुङ चैत ०६ ।
नेकपा (एमाले) बागलुङले संगठन सुदृढिकरण तथा निर्वाचत केन्द्रीत अभियानलाई तिव्रता दिएको छ।
स्थानीय तहको निर्वाचन घोषणासँगै आफूलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने अभियानका साथ संगठन सुदृढिकरण तथा निर्वाचन केन्द्रीत अभियान सञ्चालन गरेको एमालेले शनिबार जिल्लाका विभिन्न ठाउँमा अभियानहरु सञ्चालन गरिरहेको छ।
एमाले जैमिनी नगरकमिटिले सुरु गरेको जनताका प्रश्न जनप्रतिनिधिसँग कार्यक्रमअन्र्तगत शनिबार जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेमा सञ्चालन गरेको थियो । जनताका प्रश्नको जवाफ दिदै संघीय सांसद एवं नेकपा एमाले बागलुङका सहइन्चार्ज डा. सूर्य पाठकले अदालतको परमादेशबाट सरकार गठन भएसँगै मुलुकको विकासको गति ठप्प परेको आरोप लगाउनुभयो ।
नेकपा एमाले नेतृत्वको सरकारले प्राथमिकतामा राखेरका पूर्वाधार निर्माणका बजेट कटौती गरेर वर्तमान सरकारले विकास विरोधी गतिविधी सञ्चालन गरेको भन्दै विकास विरोधी तत्वलाई चुनावमा पराजित गर्नुपर्नेमा जोड दिनुभएको थियो । अभियान अन्र्तगत बागलुङ नगरपालिका वडा नं. ६ मा पार्टीको सम्पर्क कार्यालय तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा पार्टीका विदेश विभाग उपप्रमुख कृष्ण केसीले बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज शर्मालगायतले बोल्नुभएको थियो ।
यस्तै बागलुङ नगरपालिका वडा नं. ९ तित्याङमा टोल भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । भेलामा नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी नेतृ ममतादेवी शर्मालगायतले अबको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित रहेको बताउनुभएको थियो ।यस्तै बागलुङ नगरपालिका वडा नं. ५ मा स्थानीय तह निर्वाचन केन्द्रीत प्रशिक्षण।
गलकोट नगरपालिका वडा नं. २ र ११ मा प्रशिक्षण तथा वडा कमिटिको पूर्ण बैठक, बडिगाढ गाउँपालिकामा गाउँपालिका स्तरीय युवा संघ र मदन भण्डारी स्पोर्ट एकेडेमीको बृहत भेला आयोजना गरिएको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेशले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend