logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारको बनभोज तथा भाग्यशाली चिठ्ठाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
गुल्मी सेवा समाज कतारले नवौँ बनभोज तथा सांस्कृतिक कार्यक्रम तथा भाग्यशाली चिठ्ठा कार्यक्रमको नतिजा प्रकाशन गरेको छ । जिल्लामा रहेका गरिब तथा जेहेन्दार विधार्थीहरुको लागि छात्रवृति सहयोगार्थ हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम यसवर्ष पनि सम्पन्न गरेको हो । मार्च १८ तारिखका दिन अल समालमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष कुमार अविरल पन्थीको सभापतित्व तथा समाजसेवी, बुद्धिजीवी एवं नागरिक अगुवा कमलमणि गुरागाईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न सामाजिक एवं वैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, व्यवसायी, सामाजिक अभियन्ता, पत्रकार, कलाकार लगायत २०० भन्दा बढी गुल्मेली एवं गैर गुलेम्लीहरुको उपस्थिति रहेको थियो । विधिवत रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान, मौन धारण समेत गरिएको थियो ।

कार्यक्रममा उपाध्यक्ष मित्र विएसले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने संस्थाका प्रमुख सल्लाहकार झविन्द्र आचार्य एवं सल्लाहकार बुद्ध पाण्डेले समाजले आयोजना गरेको कार्यक्रमबाट संकलित रकमबाट छात्रवृति अभियानलाई दिगो बनाउनका लागि छात्रवृति अक्षयकोष स्थापना गरिने बताउदै सस्थाको पृष्ठ भूमिको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गुल्मी सेवा समाजले हरेक वर्ष ऐतिहासिक कार्यक्रम गर्दै प्रवासमा मात्र नभएर जिल्लामा रहेका असाय जेहेन्दार बालबालिकाहरुको सहयोगार्थ संचालन गरिएको छात्रवृति अभियानलाई खुलेर चर्चा गरे । कार्यक्रममा स्थानिय कलाकार दिपेन्द्र सुनार, लगाएतले आ–आफ्ना प्रस्तुति राखेका थिए ।

कार्यक्रममा भाग्यशाली चिठ्ठा कार्यक्रमको नतिजा प्रकाशन गरिएको थियो । उक्त भाग्यशाली चिठ्ठा कार्यक्रमबाट प्रथम पुरस्कार (टेलीभिजन) सरिस्मा महत चिट्ठा न. ११३, द्वितीय पुरस्कार (मोबाइल) रत्न कुमारी श्रेष्ठ चिठ्ठा न. ४५०, तृतीय पुरस्कार (मल्टीमिडीया स्पिकर) अभिमत पुन चिठ्ठा न. २९४, चौथो पुरस्कार (कुक्किंगसेट) विकास साहु चिठ्ठा न. ६२४, पाचौँ पुरस्कार (मिक्स्चर) युनिका अर्याल चिठ्ठा न. २८०, पाचौँ पुरस्कार (मिक्स्चर) प्रदिप शाह चिठ्ठा न. २७५, छैठौं पुरस्कार (राइस कुकर) प्रदिप पुरी चिठ्ठा न. ३७, छैठौं पुरस्कार हलिम अन्सारी चिठ्ठा न. ५२२, सान्त्वना पुरस्कार (हातेघडी) वर्षा खड्का चिठ्ठा न. १५८, सान्त्वना पुरस्कार (हातेघडी) विष्णु कुँवर चिठ्ठा न. १९, सान्त्वना पुरस्कार (हातेघडी) निरजला घिमिरे चिठ्ठा न. २९७, सान्त्वना पुरस्कार (हातेघडी) दिपक बस्नेत चिठ्ठा न. ४०३ लाई उपहार परेको थियो ।

प्रमुख अतिथि कमलमणि गुरागाईले गुल्मी बासीहरुको एकतामा प्रशंसा गर्दै कतारका सामाजिक संघ संस्थाहरु मध्य गुल्मी सेवा समाज कतार पनि एक अग्रणी र सकृय उर्जासिल संस्था रहेको र हरेक सामाजिक कार्यहरुमा एकताबद्धता रहि प्रवासमा मात्र नभएर आफ्नो गृह जिल्लामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका छात्रवृति सहयोगार्थ जस्ता सह्रानीय कार्यको खुलेर प्रशंसा गरे ।

गुल्मी सेवा समाज कतारले हरेक वर्ष आयोजना गर्ने बनभोज तथा सास्कृतिक कार्यक्रमले मनोरन्जन मात्र नभएर प्रवासमा छरिएर रहेका गुल्मेलीहरुलाई भेटघाट तथा पहिचानका लागि निकै ठुलो भूमिका खेलेको कार्यक्रममा उपस्थित गुल्मेलीहरुको भनाई रहेको थियो ।

प्रवासमा रहेर पनि बनभोज तथा सास्कृतिक कार्यक्रमको आयोजना गरी दुख पिडा सँगै श्रम गरिरेहका नेपालीहरुलाई स्वदेशको झल्को मेटाउने छुट्टै माहोलको सिर्जना गरेकोमा गुल्मी सेवा समाज कतारलाई बिशेष धन्यवाद समेत दिए । कार्यक्रमको मुख्य आकर्षणमा राखिएको गुल्मीको अर्गानिक कफी उपस्थित सबैलाई खुवाइएको थियो भने खाजा र खानाको राम्रो प्रबन्ध गरिएको थियो ।

कार्यक्रमलाई समापन गर्दै सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कुमार अविरल पन्थीले गुल्मी सेवा समाज कतारले हरेक वर्ष जस्तै यसवर्ष पनि आयोजना गरेको नवौँ वनभोज तथा सास्कृतिक कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउनका लागि आ-आफ्नो ठाउबाट महत्वपूर्ण भूमिका खेल्नु हुने सम्पुर्णलाई विशेष आभार प्रकट गरेका थिए ।

कार्यक्रममा पाल्नुहुने विभिन्न संघ-सस्थाका प्रतिनिधि, पत्रकार, मिडियाकर्मी, बुद्धिजीवी, व्यवसायी लगायत उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि निरन्तर सहयोग र सदभावको अपेक्षा राख्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका सचिव (कार्यक्रम सह-संयोजक) सुरज चन्द र कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष कमल अर्यालले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend