साझा नेटवर्क
शिव सुबेदी, काठमाडौं चैत ५।
नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सजाय पाउनुपर्ने बताएका छन् ।
एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठूलो सजाय दिनुपर्ने बताए। आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ ।
उनको बाकसमा जिरो मत पाउनुपर्छ’ उनले भने, ‘तब मात्र नेपाली जनताले सही ढंगले संवधानको रक्षा गरेको ठहर हुन्छ ।’ कम्युनिस्टको बहुमत रहेको संसदबाट जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरु ल्याउन सकिने भन्दै खनालले त्यस्तो संसद विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend