साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी चैत्र ४ ।
किरण पुस्तकालयको आयोजनामा युवराज भुसालद्वारा लिखित हाम्रो भौगोलिक इतिहास नामक पुस्तक लोकर्पण गरिएको छ । रेसुङा नगरपालिकामा मेयर डिल्लीराज भुसालले पुस्तकको लोकार्पण गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुन्यबिक्रम पौडेल, मदाने गाउँपालिका प्रमुख दान बहादुर केसी, प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराई, साहित्यकार तथा समाजसेवी नारायण भट्टराई लगायतको उपस्थित रहेको थियो । सोही अवसरमा रेसुङा ९ का गोकर्ण मरासिनी र वडा न ५ का थानेश्वर खनाल पुस्तकालयको आजिवन सदस्य बनेका छन । पुस्तकालयले विभिन्न साहित्यकारहरुका पुस्तक संकलन, साहित्यिक गतिविधि र हाम्रो पुरुषार्थ प्रकाशन गर्दै आएको किरण पुस्तकालयका अध्यक्ष शशी पन्थीले जानकारी दिए ।
कार्यक्रममा साहित्यकार थानेश्वर खनाल, लक्ष्मण रिजाल, नमोनारायण पन्थी र रामप्रसाद पन्थीले कविता बाचन गरेका थिए । किरण पुस्तकालयका उपाध्यक्ष दिन पन्थीले पुस्तक र लेखकको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उपस्थिति प्रमुख अतिथी लगायतका बक्ताले किरण पुस्तकालयको योगदान, लेखक र लेखका बारेमा चर्चा गरे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend