logo
  • शुक्रबार, असोज ९ २०८३

माओवादी केन्द्र गुल्मीको संयोजकमा युवा नेता जि.सी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल,गुल्मी  चैत ०२।
नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति, गुल्मीको संयोजकमा युवा नेता बुद्धि जि.सी. मनोनित भएका छन् ।

बुधबार बसेको पार्टीको लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकले जि.सी.लाई संयोजकमा मनोनित गरेको हो । जि.सी. २०४७ सालमा तत्कालिन मोटो मसालनिकट विद्यार्थीको दीपक मावि भनभनेको अध्यक्ष भई राजनीतिक यात्रा सुरु गरेका नेता हुन् ।

त्यसपछि ०४८ मा नेकपा एकता केन्द्रको पार्टी सदस्यता लिएका जिसी ०४९ देखि ५३ सम्म अखिल (क्रान्तिकारी) गुल्मीको दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालेका थिए ।

जनयुद्धको प्रचार गर्ने क्रममा अर्घाखाँचीबाट गुल्मी आउँदै गर्दा मदानेको बाँझकटेरीबाट प्रहरीले पक्राउ परी २९ दिन हिरासत बसेका थिए।

त्यसपछि उनी अखिल भारत नेपाली एकता समाज,नेपाली जनअधिकार सुरक्षा समिति, पार्टीको राज्य समिति सदस्य, केन्द्रिय सदस्य लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रही क्रियशिल थिए । पछिल्लो समयमा नेकपा एमालेसँग पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा उनी प्रस्तावित जिल्ला सचिवको रुपमा नौ महिना काम गरेका थिए । हाल उनी नेकपा माओवादी केन्द्र गुल्मी क्षेत्र नम्बर २ ‘ख’ को इन्चार्जको जिम्मेवारीमा थिए।

अध्यक्षमा मनोनित भइसकेपछि संयोजक जिसीले पार्टीका कार्यक्रताहरुलाई विचारमा स्पष्ट पार्ने, १२ ओटै पालिकाहरुमा पार्टीका कार्यालय स्थापना गर्ने, छ हजार सदस्य रहेको पार्टी सदस्यलाई दोब्बर बनाउने आफ्नो योजना रहेको प्रतिक्रिया दिए । त्यस्तै अब आउने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा बढी भन्दा बढी ठाउँमा पार्टीका उम्मेदवारहरुलाई जिताउने, जिल्लामा रहेका सबै राजनीतिक दलहरुसँग समन्वय गरी जिल्लाको समग्र विकासलाई अगाडी बढाउने जस्ता योजना रहेको उनले बताए । पार्टीको चैत ३ गते हुने लुम्बिनी प्रदेशको प्रशिक्षणपछि जिल्लाको सचिव टुंगो लगाउने उनले बताए । नेता जिसी गत निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा प्रदेश सासंदका आकांक्षी समेत हुन् ।

मेरो सहमतिमा नेतृत्व फेरिएको हो : कार्की

नेकपा माओवादी केन्द्र तत्कालिन जिल्ला कमिटी गुल्मीको नेतृत्व विर बहादुर कार्कीले गरेका थिए । बीचमा नेकपा हुँदाबाहेक कार्कीले लगातार नौ बर्ष पार्टीको नेतृत्व गरे । देश संघीय संरचनामा गएसँगै माओवादी केन्द्रले जिल्ला कमिटी भङ्ग गरी जिल्ला समन्वय समिति बनाएको थियो । त्यसबेला पनि जिल्लाको नेतृत्व कार्कीले नै गरेका थिए । ‘म लगातार नेतृत्वमा रहँदा पार्टीमा नेतृत्व जाम भयो ।

’ उनले भने, ‘मेरो प्रस्तावमा जिसीलाई संयोजक तोकिएको हो ।’ कार्कीले आफ्नो स्थान के रहन्छ भन्दापनि पार्टी बलियो बनाउनका लागि नेतृत्व हस्तान्तरण गरेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend