logo
  • शुक्रबार, असोज ९ २०८३

काँग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल, गुल्मी फागुन ३०।
नेपाली काँग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ। काँग्रेसको केन्द्रीय कार्यक्रमअनुसार गुल्मीमा पनि आइतबाटबाट उक्त अभियान सुरु भएको हो । अभियानको पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालाले उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अब आउने निर्वाचनमा काँग्रेसलाई जिताउने उदेश्यका साथ अभियान सुरु गरिएको बताए।

एक महिनासम्म संचालन हुने अभियानमा काँग्रेसका नेता कार्यक्रताहरु प्रत्येक नागरिकको घरमा जाने, काँग्रेसले गरेका जनपक्षिय कामहरुको जानकारी गराउने, नेकपाको सरकार हुँदा तीन बर्षसम्म भएका असंवैधानिक कदम लगायतका कामहरु सबै नागरिकहरुलाई जानकारी गराउने कार्यक्रम रहेको छ । त्यस्तै एमसिसि पारित हुँदा त्यसबारे जनस्तरमा छरिएको भ्रमबारे स्पष्ट पार्ने कार्यक्रम रहेको काँग्रेस गुल्मीका सचिव जगदिश भट्टराईले जानकारी दिए ।

एमसिसि भ्रम निवारणका लागि प्रध्यापक संघ ट्रेड युनियन, शिक्षक संघ, प्रेस युनियन लगायतका भातृ संगठनलाई प्रशिक्षण दिने, निर्वाचन प्रचार अभियानलाई तोकिएको आचार संहिताबाहिर जान नदिनेगरी प्रशिक्षण दिने लगायतका कार्यक्रहरु रहेको भट्टराईले बताए । पार्टी सभापति खिलध्वज पन्थीले यसपटक अन्तरघात कम हुने र पहिलेभन्दा राम्रो नजिता आउनेमा आफुहरु विश्वस्त रहेको बताए ।

‘निर्वाचनमा असहयोग वा निष्क्रिय बस्नेलाई पनि पार्टीले अनुशासनको कारवाही गर्न सक्छ ।’ उनले भने, ‘अहिले हामी त्यसबारे छलफल गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend