logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी घमिर सेवा समाज दोहा कतारको दोस्रो साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

किरण अधिकारी,
गुल्मी । बाट रोजगारीको शिलशिलामा कतारमा पुगेको नेपाली हरु संगठन ‌ गुल्मी घमीर सेवा समाज कतारको दोस्रो साधारण तथा वनभोज कार्यक्रम गत शुक्रबार कतारको साहनिको जु पार्कमा सम्पन्न भएको छ। साधारण सभा बाट निर्विरोध घनश्याम लम्सालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो।


अध्यक्षमा घनश्याम लम्साल उपाध्यक्ष गोकर्ण प्रसाद घिमिरे, सचिव ज्ञान बहादुर घर्ति, सह(सचिव सुमन कार्की, कोषाध्यक्ष राजन खत्री, सह(कोषाध्यक्षमा चन्द्र बहादुर कार्की, सल्लाहकार डायमण्ड अर्याल, सल्लाहकार सदस्य अमृत कार्की, सदस्य कलानिधि पौडयाल, सदस्य पुरन रोकाहा मगर, सदस्य लोकनाथ पन्थी, सदस्य नर बहादुर कार्की, सदस्य दुर्गा प्रसाद पन्थी, बलबहादुर कार्की गोबिन्द प्रसाद पन्थी, बोम बहादुर सुनार, राम बहादुर कार्की चयन भएका छन् ।

निस्वार्थ समाज सेवा आजको आवश्यकता भन्ने मुल नारा बोकेको गुल्मी घमिर सेवा समाज ले बिगत देखि निरन्तर रूपमा समाज सेवा गर्दै आएको छ।‌ गुल्मी घमिर सेवा समाजले बिगतका दिनहरुमा गर्दै आएको सामाजिक कार्यको उच्च सम्मान गर्दै । प्रमुख अथिति गुल्मी सेवा समाज का सल्लाहकार बाबू राम महत ले आगामी दिन हरुमा पनि गुल्मी सेवा समाज सँग सहकार्य गरेर अगाडी बढ्ने छ भन्ने आशाबादी रहेको बताउँदै शुभकामना मन्तव्य बताउनु भयो ।

त्यस्तै शुभकामना दिनेहरु मा लुम्बिनी प्रदेश समन्य परिसद कतारका अध्यक्ष कार्यक्रमका विशेष अतिथि बुद्ध पाण्डे गुल्मी सेवा समाज कतारका अध्यक्ष कुमार अभिरल पन्थी गुल्मी सेवा समाज कतारका प्रमुख सल्लाहकार झबिन्द्र आचार्य,साथै अर्घाखाँची सेवा समाज कतारका अध्यक्ष टेकराज थापाले पनि शुभकामना मन्तव्य दिनु भएको थियो।

 

त्यस्तै अतिथिहरू मा बुद्धभुमि कपिलवस्तुका महासचिब राजेन्द्र पाण्डे गुल्मी सेवा कतारका सचिव सुरज चन्द बोहोरा‌ रहनुभएको थियो। कार्यक्रम नाच गान सहित वनभोज कार्यक्रम गरि सु-सम्पन्न गरिएको हो, उक्त कार्यक्रमको सन्चालन सस्थाका कोषाध्यक्ष राजन खत्रीले गर्नुभएको थियो। भने कार्यक्रमको सभापतित्व संस्थाका संस्थापक अध्यक्ष वर्तमानका वरिष्ठ सल्लाहकार डायमण्ड अर्यालको रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend