logo
  • शनिबार, असोज १० २०८३

UWS नेपाल द्वारा संचालित ‘कथा बुनौं’कार्यक्रम समापन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कृष्ण भट्टराई, गुल्मी फागुन ३०।
युनाइटेड वर्ल्ड स्कुल्स नेपाल (UWS Nepal)को आयोजना तथा क्यानोपी नेपाल (Canopy Nepal)को सहकार्यमा संचालित कथा बुनौं कार्यक्रमको समापन समारोह पशुपती निम्नमाध्यमिक बिद्यालय मुसिकोट ४ दजाकोट् गुल्मिमा सम्पन्न भएको छ।बिद्यालयमा अध्ययनरत कक्षा पाँच देखि कक्षा सात सम्मका सैतीस जना बिद्यार्थि सहभागी उक्त कथा बुनौं कार्यक्रम गत बिहिवार देखि चारदिन सम्म संचालन गरिएको थियो। क्यानोपी नेपाल  समाजमा सकारात्मक परिवर्तन तथा नेतृत्व बिकास सङ्गै शैक्षिक क्षेत्रमा सघाउ पुर्याउने उद्देश्यले गठित युवा समुहको संस्था हो।

जस्ले आफ्नै इच्छामा जीवनभर आवश्यक सीप तथा क्षमता बिकासको वातावरण स्थापना गर्न विभिन्न कार्यक्रम मार्फत सहकार्य गर्ने गरेको क्यानोपी नेपालका प्रोग्राम कोअर्डिनेटर अङ्गिरस कार्कीले बताउनुभयो।यस्तै गरि युनाइटेड वर्ल्ड स्कुल्स नेपाल पनि बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुर्याउने संस्था हो।जस्ले गुणस्तरीय र ब्यबहारिक शिक्षाको लागि आवश्यक भौतिक पुर्वाधार निर्माण ,शिक्षक तालिम,स्कुल मोविलाइजर,तालिम।

प्राप्त फेलो शिक्षक,सामुदायिक शिक्षकको नियुक्ती खेलकुद तथा शैक्षिक सामाग्री ,तथा स्टेसनरी सामाग्री उपलब्ध गराइ बिद्यालयको सुरक्षित र सफा वातावरण निर्माणको क्षेत्रमा निरन्तर कार्यमा जुटिरहेको युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखाका शिक्षा अधिकृत अनुज सिग्देलले जानकारी दिनुभयो।

बिद्यार्थिमा रहेका अन्तरनिहित क्षमतालाई वृद्धि गरि उनिहरुको नेतृत्व बिकास तथा साहित्यिक प्रफुष्ट्न गराउने उद्देश्यले कथा बुनौं कार्यक्रमको प्रशिक्षणात्मक कक्षा सन्चालन गरिएको क्यानोपी नेपालका प्रोग्राम कोअर्डिनेटर अङ्गिरस कार्कीले स्पस्ट पार्नुभयो।बिद्यार्थिलाइ चित्र,भोगाइ,र अभिनय मार्फत कथा लेखनका बिषयबस्तु समेटिएको कार्किले बताउनुभयो। कथा लेखनको अवधिभर युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखा शिक्षा अधिकृत अनुज सिग्देल ,संखुवासभाका एजुकेसन अफिसर बिक्रम भट्टराई ,तम्घास शाखा स्कुल मोविलाइजर मिना बोहोरा सिंजाली लगाएतको बिशेष उपस्थिती रहेको थियो।

कथा बुनौं कार्यक्रमका सहभागिहरुलाइ क्यानोपी नेपालको तर्फ बाट प्रमाणपत्र उपलब्ध गराइएको थियो भने उत्कृष्ट सहभागिलाइ विभिन्न बिधामा सम्मान गरिएको थियो।जस अन्तरगत उत्कृष्ट कथा लेखन बिधामा कक्षा सात कि झविकला थापा र उत्कृष्ट प्रस्तुतिकरण बिधामा कक्षा छ का दिपेन्द्र नेपालीलाई क्यानोपी नेपाल की प्रोग्राम फेसिलिटेटर प्रज्ञा सिलवाल,बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटी र स्कुल मोविलाइजर मिना बोहोरा सिंजाली द्वारा टीका मेडल र प्रसंशा पत्र द्वारा सम्मान गरिएको थियो।

यस्तै कार्यक्रमको लागि भरपुर सहयोगी वातावरण तयार गरि सहयोग पुर्याएको भन्दै पशुपति निम्नमाध्यमिक बिद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो।त्यसै गरि युनाइटेड वर्ल्ड स्कुल्स नेपाल संखुवासभाका एजुकेसन अफिसर बिक्रम भट्टराई ,स्कुल मोविलाइजर मिना बोहोरा सिंजाली र फेलो शिक्षक लहना महर्जनलाई पनि संस्थाले मायको चिनो उपहार दिएको थियो।समापन समारोहमा क्यानोपी नेपालकी प्रोग्राम असिस्टेन्ट रिया पौडेलले संस्थाले बिद्यार्थिलाइ मात्र नभइ शिक्षकलाइ समेत कसरी खुसियाली वातावरणमा सिकाइ कार्य गर्न सकिन्छ प्रशिक्षण दिने गरेको बताउनुभयो ।

समापन समारोहमा बोल्दै बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले बिद्यालयमा उपस्थित भएर बिद्यार्थिलाइ कथा बुनौं कार्यक्रम मार्फत प्रशिक्षण दिएकोमा क्यानोपी नेपाल टिम र कार्यक्रम अवधिभर बिद्यालयमा उपस्थित भएर सहयोग गर्नुभएकोमा युनाइटेड वर्ल्ड स्कुल्स नेपालको टिमलाइ बिद्यालयको तर्फदेखी हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रम क्यानोपी नेपालकी प्रोग्राम असिस्टेन्ट रिया पौडेल ,सहायक प्रधानाध्यापक सोम बहादुर पेमि तथा शिक्षिका गिता ढकाल भट्टराईको संचालनमा सप्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend