साझा नेटवर्क
उद्धव मगर,दोहा।
बाग्लुङ बासीको चाहना सान्त र समृद्ध स्वदेशको कामना भन्ने मुल नाराका साथ बाग्लुङ सेवा समाज कतारको १२ औं अधिबेसन सम्पन्न भएको छ।गत सुक्रबार सहानीया स्थित अल दोसरी गार्डनमा सम्पन्न गरेको हो।
समाजको अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा बागलुङ जिल्लामा जन्मेर कतारलाई व्यावसायिक थलो बनाएका गैर आवासीय नेपाली संघ मध्यपुर्व युवा संयोजक राज रेग्मीको प्रमुखआतिथ्य र समाजको संरक्षक होम नाथ शर्मा, रमेश भट्ट, चन्द्रकान्त शर्मा र सल्लाहकार प्रमुख सागर पौडेल विशेष अतिथि रहेको थियो भने कतार मा स्थापित विभिन्न संघ,संस्था का प्रतिनिधि को पनि उपस्थिति रहेको थियो।
कतारमा रहेका बाग्लुङ्गेहरुको बाक्लो उपस्थिति थियो सचीव ईश्वर सापकोटाले प्रगति प्रतिबेदन र कोषाध्यक्ष चेतन पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। भने बिभिन्न स्थानीय कलाकार द्वारा सांस्कृतिक प्रस्तुतिहरु पनि रहेको संस्थाको २ वर्षको कार्यकालमा ४३१३० आम्दानी गरेको थियो भने ४०३५६ व्यय संस्थाका बिभिन्न समयमा संस्थाले जिल्ला भित्र रहेका बिभिन्न स्थान ढोर पाटन जैमुनी काठेखोला खोला बाढी पिडित विभिन्न गम्भीर बिमारीहरुलाई उपचरमा सहयोग लगायतका कोरोना कालमा धौलागिरी अञ्चल अस्पताल लगायत जिल्लाका बिभिन्न स्वास्थ चौकीहरुमा स्वास्थ उपकरणको लागि सहयोग गरेको थियो।
सहयोग गरेको लगाएत खर्च गरेको बताए।
१२ औं अधिबेसनबाट पुन सन्तोष पौडेलको अध्यक्षतामा १६ सदस्ययीय कार्य समिति चयन गरेको छ। जसमा उपाध्यक्ष सत्यकी प्रताप सिंह , उपाध्यक्ष टेक रसाइली, उपाध्यक्षमा चेतन पुन,सचिव ईश्वर सापकोटा, सचिव निराजन गौतम,सहसचिव बाबु राम गैरे, कोषध्याक्ष गोपाल थापा, सहकोषध्याक्ष कृष्ण शेर्पाली, सदस्यहरुमा हिरा बि.क, जाल पुन, सुरेश सापकोटा, कृष्ण गिरी, शरदा गिरी , इन्द्र बोहोरा , चन्डि प्रसाद गौतम रहेका छन।
संस्थामा काल देखि र लगातार सहयोग सल्लाह सुझाव दिने संस्थालाई बिभिन्न समयमा योगदान पुराउनु हुने १० जनालाई समाजले दोसल्ला सम्मान पत्र सहीत सम्मन गरेको थियो। जस्मा टाली रेस्टुरेन्ट कतार आई एम इ रेमिट नेपाल( कतार ) सस्थाका मानर्थ सदस्य झबिन्द्र आचार्य ( गुल्मी) राम्जी खत्री गोर्खा आर के शर्मा( बाग्लुङ चितवन् पुर्ब अध्यक्षहरु होमनाथ शर्मा, रमेश भट्ट चन्द्र कान्त शर्मा (केदार) सागर पौडेललाई समाजले सम्मान गरेको हो।
संस्थाको आगामी पहिलो कार्यसमितिको बैठकबाट जिल्लाका स्थानीय निकाय अनुसार प्रत्येक गाउँपालिका र नगरपालिका को प्रतिनित्व हुने गरि मनोनित गरीने बताए । कार्यक्रमको सहजीकरण तेजेन्द्र गैरेले गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend