logo
  • शनिबार, साउन ३० २०८३

दिदीबहिनी समाज भिक्टोरियाद्धारा फरक किसिमबाट नारी दिवस


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 

ग्लेनरोई, मेलबर्न । विगत ६ वर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट सङ्कलित रकम नेपालको मध्य–पस्चिम क्षेत्रका यौन तथा घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ नियमित रुपमा पठाउने लगायत विभिन्न किसिमका लोकप्रिय सामाजिक एवम् सामुदायिक कार्यक्रमका कारण अस्ट्रेलियाको भिक्टोरियामा सबैभन्दा प्रभावकारी ढंगबाट कार्यक्रम सन्चालन गर्ने संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल ‘दिदीबहिनी समाज भिक्टोरियाले’ यो वर्ष अलि फरक किसिमबाट अन्तरास्ट्रिय नारी दिवस मनाएको छ ।

समाजले नेपाली महिला सशक्तिकरणमा आधारित भएर लेखिने पुस्तक लेखन परियोजनाको आधिकारिक प्रारंभ यही कार्यक्रमबाट गरेको छ ।

कार्यक्रममा भिक्टोरियामा बसेर आफ्नै किसिमले विभिन्न व्यावसाय सन्चालन गर्ने महिला व्यावसायीहरुलाई सम्मान गरेको थियो। सम्मानित ब्यक्तिहरुले आ–आफूले सन्चालन गरेका ब्यवसाय बारेमा संक्षेपमा जानकारी गराएका थिए । सम्मानित हुनेहरुमा पार्बती पहारी, धनु राई, शोभा पौडेल, मनिषा पौडेल, राज श्रेष्ठ, सपना पोखरेल, रमा ढकाल, प्रतिक्षा भट्टराई र रन्जु श्रेष्ठ थिए ।

भिक्टोरिया राज्यको लागि लेबर पार्टीका तर्फबाट सांसद उम्मेदवार क्याथलिन म्याथ्युज वार्ड, लुम्बिनी(कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ, गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका भिक्टोरिया राज्य संयोजक हरी खड्का, नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएका ग्राहेम केण्ट, भिक्टोरियाका लागि नेपाली अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन, काउन्सिलर सु बोल्टन, बिभुषण जोशी, द्रोण पन्त, निराजन गौली, सान लिमिट, बम योन्जन आदिको उपस्थिति रहेको सो कार्यक्रममा क्याथलिन म्याथ्युज, चन्द्र योन्जन, ग्राहेम केण्ट, ब्रम्हकुमारीका तर्फबाट मोटिभेशनल स्पिकर आयुशी कार्कीले मन्तब्य दिएका थिए ।

कार्यक्रममा सपना पोखरेलले कविता बाचन, शर्मिला दहालले स्वागत नृत्य, क्रेगिबर्न समूह, रोशनी श्रेष्ठद्धारा कोरियोग्राफी गरिएको आइन्ट्री समूह र नमुना भट्टराई लम्सालद्धारा कोरियोग्राफी गरिएको मोरल्याण्ड समूहद्धारा नृत्य गरिएको उक्त कार्यक्रममा समाजकी कार्य समिती सदस्य एबं WPHU/IPC का बाइकल्चरल इन्क्लुजन अफिसर बर्षा केसी राजाभण्डारीद्धारा १५० र्याट किट्स र ६०० भन्दा बढी पुनस् प्रयोग गर्न मिल्ने N-95  मास्क बितरण गरिएको थियो ।

अनिता भन्डारीद्धारा स्वागत र अन्जना नेपाल, अनिता भन्डारी र बेन्जु ज्ञवाली सन्चालन गरिएको कार्यक्रममा समाजकी अध्यक्ष डा जमुना पराजुलीद्धारा अतिथिहरुलाई स्वागत र कार्यक्रमको बारेमा बिस्तारमा जानकारी र समाजकी उपाध्यक्ष प्रभा श्रेष्ठद्धारा धन्यवाद ज्ञापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend