साझा नेटवर्क
साझा नेटवर्क, अर्घाखाँची फागुन २७।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर-५, अस्रुकोटमा तरुणदल गठन गरिएको छ।
सन्तोष श्रेष्ठको अध्यक्षतामा २९ सदस्सिय तरूणदल वडा कार्य समिती गठन गरिएको हो। कार्यक्रममा तरुणदल भुमिकास्थान नगर अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाली कांग्रेस वडा सभापती भेग बहादुर, सचिव बुद्धि बहादुर घर्ती, क्षेत्रिय प्रतिनिधी हिमलाल बन्जाडे युवा नेता क्याप्टेन नारायण श्रेष्ठ प्रदेस”क” सदस्य कमला बेल्बासे लगायतले मन्तव्य राख्दै तरुणदलले विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गरेको भन्दै कांग्रेको गौरवमय ईतिहासमा तरुणहरुको भुमिका अतुलनिय रहेको बताए।
गलत प्रवृति र अन्यायका विरुद्ध खरो रुपमा प्रस्तुत हुनुपर्ने बताउँदै वडामा भएका बेथिती विरुद्ध तरुणहरुले आवाज उठाउनु पर्ने उनिहरुको भनाई छ।
कार्यक्रम नेपाल तरुण दल भुमिकास्थान अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, प्रदेस सदस्य “क” कमला बेल्बासेको प्रमुख आतिथ्यता तथा नेपाल तरुण दल भुमिकास्थान का उपाध्यक्ष सन्तोष श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend