साझा नेटवर्क
उमेश दुबे,पर्सा फागुन २६।
होलीलाई लछीत गरि बिरगंजका चर्चित गायक प्रभात यादवको भोजपुरी म्यूजिक भिडियो “हमर वाली अमरपाली“ गीत रिलिज भएको छ । म्युजिक स्टुडियो नामक यू ट्यूब च्यानल बाट म्युजिक स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको म्यूजिक भिडियो रिलिज भएको हो ।
मधेस प्रदेशको आर्थिक राजधानी बिरगंजमै छ्याङ्कन भएको “हमर वाली अमरपाली“ गितको शब्द बलराम मिश्रको रहेको छ, भने स्वर चर्चित गायक प्रभात यादवको रहेको छ । यस म्यूजिक भिडियोमा टिक टकका चर्चित कलाकार बिटु दास, जेनिशा क्विनको अभिनय रहेको छ भने सङ्गीत गौरव रौशनको रहेको छ ।
बिरगंज छ्पकैयामा रहेको रिद्धि शिद्धि रेकर्डिङ स्टुडियोका मिक्स÷मास्टरः छोटेलाल यादवले गरेका हुन । “हमर वाली अमरपाली“ म्यूजिक भिडियो फागुन २५ गते बुधवार बेलुकी ५ बजे सार्वजनिक गरिएको हो । चर्चित गायक प्रभात यादवले हमर वाली अमरपाली म्यूजिक भिडियो धेरै भन्दा धेरै लाइक, कमेन्ट र सेयर गरेर सहयोग गर्नु हुन अपिल गरेका छन ।
म्यूजिक भिडियोका कलाकार बिटु दासको टिक टकमा चौद लाख फ्लोअर रहेको छ भने टिक टकमा अभिनय देखाएर माया बटुल्न सफल भए पछी अब भोजपुरी म्यूजिक भिडियो गरिएको कलाकार दासले जानकारी दिए । त्यस्तै हमर वाली अमरपाली नामक म्यूजिक भिडियोमा अभिनेत्रीको रूपमा रहेकी टिक टकमा।
अभीनय देखाऊदै आएकी जेनिशा क्विनले टिक टकको माध्यमले मात्र नभइ अब भोजपुरी म्यूजिकको माध्यमले आफ्नो लोकप्रियता बढाउने प्रयास गरिएको बताइन । उहाले अब अगामी दिनमा भोजपुरी म्यूजिक भिडियोको माध्यमले माया बटुल्न कोसिस गरिरहेको बताइन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend