साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी फागुन २६।
‘निर्वाचनमा भोट माग्न आउदा अनेक थरीका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन ।’ गुल्मीको मदाने गाउँपालिका –३ सिर्सेनी पोखराकी माया विश्वकर्माले भनिन्, ‘अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ।
’ विश्वकर्मा सालझण्डी ढोरपाटन सडकखण्ड विस्तार गर्दा घरमुनिबाट खनिएको सडकबाट विस्थापित भएकी थिइन् । छ बर्षअघि विस्थापित हुनुभएकी विश्वकर्मा अरुको घर, विद्यालय र त्रिपालमुनि बस्दै आएकीथिइन। तर अहिले सरकारले निःशुल्क रुपमा घर उपलब्ध गराएसँगै उनीखुसि छिन् ।
सोही ठाउँकै केशव सुनार पनिउक्त सडकखण्डबाट पीडित थिए। विगतका स्थानीय, प्रदेश एवम् प्रतिनिधिसभानिर्वाचनमा घर बनाइदिने आश्वासनदिदैँ विभिन्नदलका नेता–कार्यक्रताभोट माग्नआए । तर घर बन्ने कुरामापत्यार नभएको उनी बताउछन् । ‘घर बन्ने आशमाभोट हालेको, तर पत्यार लागेको थिएन ।’ उनले भने, ‘नयाँ घर मिलेको छ, गाउँपालिकाप्रतिआभारी छु ।’
अब ढुक्कसँग निदाउछौँ
नयाँ घर प्राप्त गरेकाबोमलालअर्यालले पनि अब आफुहरु ढुक्कसँगनिदाउने प्रतिक्रियादिए । भुकम्पमाचर्किएको घर सडक विस्तारको क्रममापहिरोे गई घर जोखिममाथियो । तर घर बनाउने आर्थिक उपाय नभएपछि उनी जोखिम मोलेरै उक्त घरमा बसेका थिए । ‘बर्षायाममा ठुलो पानीआउँदाकतिबेला बगाउछ भनेर रातभर जाग्राम बस्थ्यौ ।’ उनले भने, ‘अब नयाँ घरमा ढुक्कसँग निदाउनपाइने भयो ।’ त्यसका साथै उनले आफुहरुलाई सानो भएपनि रोजगारीको व्यवस्था गरिदिनआग्रह गरेका छन् ।
माया, केशव र बोमलाल त राज्यको तर्फबाट निःशुल्क घर प्राप्त गर्ने उदाहणीय पात्रमात्रै हुनुहुन्छ । सिर्सेनीपोखरामाउनीहरुजस्तै १७जनाले नयाँ घर पाएका छन् । ०७२ सालको भुकम्पमाउक्त घरहरु सामान्यचर्किएकाथिए । त्यसपछि सालझण्डी–ढोरपाटन सडक विस्तारको कारणले पहिरो जाँदाउनीहरु विस्थापितभएकाहुन् ।
विस्थापितमध्ये दुई परिवार छिमेकीको घरमा आश्रय लिदैँ आएकाथिएभने १५ परिवार जोखिम मोेलेरै चर्किएको घरमा बसेका थिए । विस्थापितहरुलाई लक्षितगर्दै गाउँपालिकाले बस्ती निर्माणको प्रक्रिया अगाडी बढाएको थियो । बुधबार एक कार्यक्रमको आयोजना गरी पूर्व मन्त्रीएवम् सोही क्षेत्रका सासंद गोकर्ण विष्टले पीडित परिवारलाई घर हस्तान्तरण गरे ।
९९ लाखमा १७ घर
अहिले गाउँपालिकाको कुल९९ लाख ४१ हजारको लागतमा १७ घर निर्माण भएका छन् । निर्माण भएका सबै घर दुईकोठे हुन् । जसमानिःशुल्क मिटर बक्स जडान गरिएको छ भने र खानेपानीकाधारा निर्माण गरिएको छ । बस्तीनिर्माणको लागिमदाने गाउँपालिकाले आर्थिक बर्ष ०७५/७६ मा १५ लाखमा १७ रोपनीजग्गाकिन्यो । अर्कोबर्ष अर्थात ०७७/७७ मा घर निर्माणको प्रक्रिया सुरु ग¥यो ।
उक्तबर्षमा घडेरी खन्ने देखि घर बनाउनेसम्मको कामभएको थियो । तर घरको फिनिसिङ गर्न र खानेपानी सुविधा पु¥याउनबाँकीथियो । बाँकीकामपालिकाले ०७७÷७८ मा पुरा गर्दै पीडित परिवारलाई घर नै हस्तान्तरण गरेको गाउँपालिकाउपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् । ‘धेरै चुनौतिका साथ घर निर्माण भएका छन् ।’ उनँले भनिन्, ‘निर्वाचनमा गरेको बाचा पुरा गरेका छौ ।’
घर निर्माण ठुलो उपलब्धि : विष्ट
कार्यक्रममाबोल्दै प्रमुखअतिथि विष्टले घरको सही सदुपयोग गर्न आग्रह गरे । भौगोलिक विकटताका कारण विकासमा अप्ठ्यारो भएपनि ग्रामिण भेगमा घर निर्माण गर्नु ठुलो उपलब्धिभएको उनको भनाई छ । राज्यले विपन्ननागरिकको लागिउपाहारस्वरुप घर प्रदान गरेको भन्दै नेता विष्टले आफुहरु दुःख–सुखमा सँगै रहने प्रतिवद्धता व्यक्त गरे ।
त्यसका साथै सिर्सेनीमै संघीय सरकारको लागतमाभुकम्पपुननिर्माणमार्फत ३२ घर बनेको विष्टले बताए। ‘हाम्रो निरन्तरको प्रयासले आज बस्ती बन्न सफलभयो ।’ नेता विष्टले भने, ‘तपाईहरुको रोजगारिको बिषयमाहामी छलफल गर्छौ ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend