logo
  • शनिबार, साउन ३० २०८३

‘पाँचौ ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्ससमा जुलाई ३ मा हुने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं फागुन २६ ।
‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ ।
मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सन् २०२२ जुलाई ३ तारिखमा अवार्ड आयोजना हुने जानकारी प्राप्त भएको छ । ग्लोबल नेपाली फिल्म अवार्डको पाँचौ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड र एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाजले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन् ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अवार्ड आयोजनाबारे जानकारी दिइएको हो । अवार्डका अघिल्ला चार संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए । कोरोना महामारीका कारण सन् २०२० र २०२१ मा अवार्ड आयोजना हुन सकेन । अवार्ड कार्यक्रममा सफल नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मानसहित अमेरिकामा रहेका नेपाली फिल्मकर्मीलाई प्रोत्साहन समेत गरिने भएको छ ।

अवार्ड आयोजनाको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवद्र्धन गर्नु रहेको ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए । ‘नेपाललाई फिल्म टुरिजमको हब बनाउन अवार्डले भूमिका खेल्नेछ,’ पत्रकार सम्मेलनमा उनले भने । नेपाललाई विदेशीमाझ फिल्म सुटिङको सुन्दर गन्तव्यको रुपमा चिनाउन पनि यसले मद्दत गर्ने उनले बताए । सकेसम्म हलिउड फिल्ममेकरलाई नेपालमा निम्ताएर कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको पनि श्रेष्ठले जानकारी दिए ।

अवार्डका लागि चाँडै छनोट समिति गठन हुने बताइएको छ । कार्यक्रममा ग्लोबल नेपाली फिल्म अवार्डका नेपाल संयोजक मदु कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्दै कार्यक्रमको बारेमा प्रस्ट्याएका थिए। त्यस्तै कार्यक्रममा कलाकारहरु नीर शाह, करिश्मा मानन्धर, शिव श्रेष्ठ, अशोक शर्मा, उज्वल घिमिरे, दिनेश डिसी, आर्यन सिग्देल, रविन्द्र खड्का लगायतले अवार्डको सफलताको कामना गरे ।

अवार्ड कार्यक्रममा भुटानी चलचित्रहरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई अवार्ड पनि प्रदान गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको उनले जानकारी दिएका छन् ।

‘यो अवार्डको उद्देश्य विदेशमा नेपाली चलचित्रको प्रवद्र्धन गर्नु हो । नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि हो । अमेरिकामा नेपालबाट धेरै कलाकारहरु पुगेका छन्, उनीहरुसँग पूर्नमिलन गर्नु पनि अवार्डको उद्देश्य हो । नेपाललाई चलचित्र टुरिजमको हब बनाउनु पनि अवार्डको उद्देश्य हो । हामीले पैसा कमाउनका लागि अवार्ड गरेका होइनौं,’ अध्यक्ष मल्लले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend