साझा नेटवर्क
कृष्ण भट्टराई, गुल्मी फागुन २५ ।
ने क पा एमालेका पुर्व सचिव तथा पुर्व श्रम मन्त्री गोकर्ण बिस्ट पार्टिका अगुवा कार्यकर्ता भेटघाटको लागि गुल्मिको मुसिकोट नगरपालिका आउने कार्यक्रम तय भएको छ।
पार्टिका पछिल्ला नीति तथा कार्यक्रम र आगामी निर्वाचनलाई मध्य नजर गरेर बिष्टले अगुवा कार्यकर्ता भेटघाटको लागि मुसिकोट नगरपालिकाका विभिन्न वडामा कार्यक्रम आयोजना गरिएको मुसिकोट नगरपालिका नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो।
जस अन्तर्गत फागुन २७ गते बिहान ८ बजे मुसिकोट नगरपालिका वार्ड नं ४ को तल्लो दजाकोट चौपारिमा अगुवा कार्यकर्ता भेटघाट ,दिउँसो १२ बजे वार्ड नं ९ को ददल्कामा बिद्यालय भवन उद्घाटन र साझ ५:३० बजे वामिटक्सारमा अगुवा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको छ। त्यस्तै गरि २८ गते बिहान ८ बजे पौदी अमराइ अगुवा कार्यकर्ता भेटघाट दिउँसो १२ बजे वार्ड नं २ को देउरालिमा र दिउँसो ३ बजे वार्ड नं ३ को मैदानमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको नगरकमिटिको सुचनामा उल्लेख गरिएको छ।
नगरकमिटिले भेटघाटको कार्यक्रममा स्थानिय कार्यकर्तालाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend