logo
  • शुक्रबार, असोज ९ २०८३

व्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलन धुजाधुजा भयो: क्षेत्री


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुनाराम घिमिरे, देवदह फागुन २४।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले व्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलन धुजाधुजा भएको बताएका छन् । पार्टीको देवदह नगर कमिटीको प्रथम पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता क्षेत्रीले उक्त कुरा बताएका हुन्।
माओवादी आन्दोलनले नेतृत्व तहमा पुर्याएका नेताहरूले सुझबुझ पुर्ण ढंगले काम गर्न नसकेको र नेतृत्व तहमा व्यक्तिगत स्वार्थ हावी भएकै कारण ईतिहास निर्माण गरेको विशाल आन्दोलन विभाजित भएकोमा दु:ख व्यक्त गर्दै क्षेत्रीले माओवादी आन्दोलनलाई पुनः ध्रुवीकरणको दिशामा लैजान सबैले गहन चिन्तन र आवश्यकता अनुसार त्याग गर्नुपर्ने बताए।

व्यवस्था परिवर्तनको लडाई एउटा चरणमा पूरा भएको बताउँदै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष समेत रहेका क्षेत्रीले विकास र समृद्धिको लडाइ बाँकी नै रहेको उल्लेख गरे । आवश्यकता परे देशको विकास र समृद्धिका लागि फेरि एकपटक लड्नुपर्नेमा जोड दिँदै उनले अहिले प्राप्त भएका राजनीति उपलब्धि माओवादी आन्दोलनको कारण सम्भव भएको बताए ।

‘गणतन्त्र, धर्म निरपेक्षता, राज्यको पुनर्संरचना र समावेशिता कै कारण बर्षौं देखि पछाडी पारिएका वर्ग र समुदाय नेतृत्व तहमा आउन सम्भव भएको हो । यी सबै उपलब्धिको जस माओवादी आन्दोलनलाई जान्छ’, उनले भने । जारी माओवादी देवदह नगर कमिटीको बैठकले स्थानीय निर्वाचन लक्षित कार्यविभाजन गर्ने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend