logo
  • शुक्रबार, असोज ९ २०८३

भुमिकास्थानको ढिकुरामा तरुणदल गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

लक्ष्मण घिमिरे, अर्घाखाँची फागुन २४।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर-९, ढिकुरामा तरुणदल गठन गरिएको छ।
चिरञ्जीवी भुसालको अध्यक्षतामा ३३ सदस्सिय तरूणदल वडा कार्य समिती गठन गरिएको हो। जसको उपाध्यक्षमा पुण्य प्रसाद घिमिरे, झविन्द्र घिमिरे, सचिवमा रामप्रसाद गिरी, मोहन परियार, सहसचिवमा विवेक पोखरेल, लेखबहादुर खत्री, सदस्यहरुमा भरत घिमिरे, त्रिजन परियार, प्रकाश शाह, माधव पौडेल लगायत चयन भएका छन्।कार्यक्रममा तरुणदल भुमिकास्थान नगर अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाली कांग्रेस वडा सभापती तिर्थराज घिमिरे, सचिव लक्ष्मण घिमिरे, क्षेत्रिय प्रतिनिधी ज्ञानबहादुर बिक लगायतले मन्तव्य राख्दै तरुणदलले विभिन्न आन्दोलनमा महत्वपूर्ण योगदान गरेको भन्दै कांग्रेको गौरवमय ईतिहासमा तरुणहरुको भुमिका अतुलनिय रहेको बताए। गलत प्रवृति र अन्यायका विरुद्ध खरो रुपमा प्रस्तुत हुनुपर्ने बताउँदै वडामा भएका बेथिती विरुद्ध तरुणहरुले आवाज उठाउनु पर्ने उनिहरुको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस भुमिकास्थान नगर उपाध्यक्ष गोपाल प्रसाद घिमिरे, नगर सदस्यहरु रामप्रसाद भुसाल, जिवन घिमिरे, बाबुराम भुसाल, वडा उपाध्यक्ष बालकृष्ण शाही, बेलबहादुर थापा, कोषाध्यक्ष डालविक्रम शाही, सदस्य खेमराज पोखरेल, नेत्रप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रम तरुणदल निवर्तमान अध्यक्ष ईश्वरी पोखरेलको अध्यक्षता, तरुणदल नगर अध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा सचिव लक्ष्मण घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend