logo
  • शनिबार, असोज १० २०८३

सभ्य तरिकाले होली मनाउन एसपी देउवाको आग्रह


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

रंजित चौरासिया, बारा फागुन २४।
जिल्ला प्रहरी कार्यालय बाराले होली सभ्य तरिकाले मनाउन आग्रह गरेको छ।

हिन्दू धर्मावलम्बीहरुको ठूलो पर्व मध्येको एक फागू पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन एउटा सन्देश जारी गर्दै बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलीप सिंह देउवाले आग्रह गरेका हुन् ।

पछिल्लो समय होलीको नाममा विकृति बढेकाले सभ्य तरिकाले आपसी सद्भाव र एकताको सन्देश दिनेगरी होली मनाउन एसपी देउवाको सुझाव छ । एसपी देउवाले होली खेल्दा रंग बाहेक अण्डा, मोबिल, लोला तथा फोहर पानिको प्रयोग नगर्नसमेत आग्रह गरेका छन् ।देउवाले सवारी साधन तिव्र गतीमा नचलाउन, मादक पदार्थ सेवन नगर्न, मोटरसाइकलमा २ जना भन्दा बढी सवारी नहुन, हेलमेटको अनिवार्य प्रयोग गर्न, बाटोमा हिडने व्यक्तीलाई जबर्जस्ती रंग तथा अविर नलगाउन पनि अनुरोध गरेका छन्।

अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, कुनै पनि भाषाको अश्चिल गित नवजाउन, डिजे तथा अन्य लाउड स्पीपर चर्को साउण्डमा नवजाउन, होली खेल्दा मनोरञ्‍जनको नाममा गाँजा, भांग, र अन्य कुनै पनि प्रकारका लागूऔषध वा नशालु पदार्थ सेवन नगर्न पनि देउवाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend