logo
  • शुक्रबार, असोज ९ २०८३

तम्घासमा २५ चैतदेखि चौथो गुल्मी महोत्सवको हुने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी फागुन २४।
गुल्मी जिल्ला सदरमुकाम तम्घासमा आगामी चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सवको हुने भएको छ ।
गुल्मी उद्योग बाणिज्य संघले ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरेको हो।गुल्मी उद्योग बाणिज्य संघले चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ ।महोत्सवलाई व्यवस्थित गर्न २३ वटा उपसमिति गठन गरिएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए ।जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ । अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, महोत्सव अवधिभर राखिने भुसालले बताए ।त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने भएको छ ।

महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।जिल्लामा व्यापारिक संगठन पनि राजनितिक आधारमा बिभाजन भएका छन् ।

हाल गुल्मी उद्योग बाणिज्य संघ नेपाली कांग्रेस निकट आस्था राख्नेहरुको संगठन बनेको छ भने चेम्बर अफ कमर्श एमाले निकट आस्था राख्ने व्यापारीहरुको संगठन बनेको छ । ०७५ सालमा गुल्मी चेम्बर अफ कमर्शले प्रथम गुल्मी महोत्सव गरेको थियो । २ वटा संस्थाले अलोपालो गरि महोत्सव गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend