साझा नेटवर्क
प्रभा श्रेष्ठ, काठमाण्डौं ।
वरिष्ठ पौभा चित्रकार तथा साहित्यकार स्व. प्रेममान चित्रकारको नेपालभाषाको गीत “जित स्वया मिखा भाय् याना” को म्यूजिक भिडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
जुजुकाजी रंजित र संगिता शाक्यको स्वर एवं जीवित जल्मीको संगीतमा झण्डै १८ वर्ष अघि रेकर्डिङ्ग गरिएको उक्त गीतको म्यूजिक भिडियोको निर्देशन रामकृष्ण खड्गीले गरेका छन ।
कर्म शाक्य र नेपाल भाषाको २०१९ र २०२० सर्बोत्कृस्ट मोडल एबं कलाकार शोभा महर्जनको अभिनय रहेको सो म्युजिक भिडियोको छायांकन तथा सम्पादन बाबु काजी जल्मीले गरेका छन् भने भेषभुषामा गिफ्ट नेपाल र श्रृङ्गारमा पूजा शाही रहेका छन् । म्युजिक भिडियोको निर्माण भने गोपाल कृष्ण महर्जनले गरेका हुन ।
ललितपुर महानगर वडा नं. १६ का वडाध्यक्ष निर्मलरत्न शाक्यको प्रमुख आतिथ्यतामा कलाकार शोभा महर्जनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निर्देशक रामकृष्ण खड्गी, गायक जुजुकाजी रंजीत, सिनेपत्रकार विजयरत्न असंवरे, संगीतकार जीवित जल्मी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा स्व. चित्रकारको निर्वाण कामनार्थ महापरित्राण पाठ पनि गरिएको थियो ।
कार्यक्रमका लागि अतिथिको रुपमा आमन्त्रित लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले आफू नेपाल नभएको कारण कार्यक्रममा उपस्थित हुन नसकेकोले कार्यक्रमको सफलताको लागि शुभकामना पठाएका थिए ।
भिडियो हेर्नको लागि तलको लिंक किलिक गर्नुहोस्
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend