logo
  • शनिबार, असोज १० २०८३

महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा केसी निर्वाचित


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सन्तोष महतारा,गुल्मी फागुन २२ ।

महिला उद्यमी संघ गुल्मीको अध्यक्षमा निर्मला केसी सर्वसम्मत निर्वाचित भएकी छिन् । आइतबार संघको प्रारम्भिक साधारणसभाबाट गुल्मी जिल्लामा रहेका महिला उद्यमीहरूको साझा संस्था महिला उद्यमी संघ गुल्मी नेपालको अध्यक्षमा केसी सर्वसम्मत निर्वाचित भएकी हुन् । जसको उपाध्यक्षमा गंगादेवी पाण्डे, सचिवमा जमुना न्यौपाने र कोषाध्यक्षमा श्यामकला भलामीसहित ११ सदस्यीय महिला उद्यमी संघ गठन भएको छ । प्रारम्भिक साधरणसभा कार्यक्रममा तदर्थ समितिकी कोषाध्यक्ष श्यामकला भलामीले कोषाध्यक्षको र तदर्थ समितिकी सचिव जमुना न्यौपानेले अहिलेसम्मको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

साधरणसभामा प्रमुख अतिथि महिला उद्यमी संघ लुम्बिनी प्रदेशकी सदस्य अनिशा केसीले महिलाहरु आत्मनिर्भर बन्न र उद्यमशील बन्न आवश्यक रहेको बताइन् । “स्थानीय तहसँग समन्वय गरेर महिलामुखी कामहरू हामीले गरेका छौं ।” प्रमुख अतिथि केसीले भनिन्, “गुल्मीमा पनि सबै महिला उद्यमी बन्नुपर्छ ।” प्रदेशको तर्फबाट सधैं सहयोग हुने उनले बताइन् ।संघको कार्यालय रेसुङ्गा नगरपालिका वडा नम्बर ८ मा रहेको छ । संघको प्रारम्भिक साधरणासभाबाट निर्वाचित अध्यक्ष निर्मला केसीले अब आफूहरुले महिला उद्यमीहरूलाई संघमा आबद्ध गराउदै जाने बताइन् । महिला उद्यमीहरूको हकहितमा एकताबद्ध बनाउनका लागि आफूहरू निरन्तर खटिएको संघकी अध्यक्ष केसीको भनाइ रहेको छ । देशभर विस्तार भइसकेको महिला उद्यमी संघ गुल्मीमा अहिले खुलेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend