logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाली काङ्ग्रेस प्रदेश क्षेत्रीय कार्यसमितिको पार्टी कार्यालय उद्घाटन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

सन्तोष महतारा, २० फागुन । नेपाली काङ्ग्रेस प्रदेश क्षेत्रीय कार्यसमितिको पार्टी कार्यालय उद्घाटन गरिएको छ । गुल्मीको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा मा नेपाली काङ्ग्रेसको पार्टी कार्यालय उद्घाटन गरिएको हो ।

इस्मा गाउँपालिका वडा नम्बर २ छल्दीमा बिहिवार नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । पार्टी कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि श्रेष्ठले आगामी निर्वाचनमा सबै एकताबद्ध भएर नेपाली काङ्ग्रेसका उमेदवारलाई जिताउनुपर्ने बताए । “जिल्ला तहमा केन्द्र र प्रदेशले राजनीतिक हिसाबबाट कुनै हस्तक्षेप गर्दैन । ” लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठले भने, “जिल्ला तहबाट पनि क्षेत्र र क्षेत्रीय प्रदेशमा कुनै हस्तक्षेप नगरेर राजनीतिक गतिविधि अगाडि बढाउनुपर्छ ।” उनले नेपाली काङ्ग्रेसमा सबै संगठित भएर अगाडि बढ्न आवश्यक रहेको बताएका थिए ।

पार्टी कार्यालय उद्घाटनमा विशिष्ट अतिथि नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले ब्याक्तिगत स्वार्थ भन्दा माथि उठेर जनताको सेवामा लाग्नुपर्ने बताए । गुल्मीमा नेपाली काङ्ग्रेसलाई पहिलो राजनीतिक दल बनाउन सबै एकताबद्ध हुनुपर्ने भन्दै सभापति पन्थीले संगठन विस्तारमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए । गुल्मीको विकासका लागि गुल्मीमा काङ्ग्रेसलाई जिताउनु आवश्यक रहेको पन्थीको भनाइ थियो ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य, जिल्ला पदाधिकारी सहित सदस्यहरु, क्षेत्रका पदाधिकारी सहित सदस्यहरु, प्रदेश क्षेत्रीय सभाका पदाधिकारी सहित सदस्यहरु, पालिकाका पदाधिकारी सहित सदस्यहरू साथै अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । प्रदेश क्षेत्रीय कार्यसमितिका सभापति झबिन्द्र अर्यालको सभापतित्व रहेको थियो । प्रदेश क्षेत्रीय कार्यसमितिका उपसभापति फन बहादुर रायमाझीको स्वागत मनतब्य रहेको कार्यक्रमको संचालन सचिव सन्तोष थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend