logo
  • शनिबार, भाद्र २० २०८३

जनसम्पर्क समिति कतारले नवौँ बृहत वनभोज कार्यक्रम आयोजना गर्दै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, दोहा फागुन १९ ।
नेपाली कांग्रेसको प्रवासस्थित निकाय नेपाली जनसम्पर्क समिति कतारले ‘नवौँ बृहत् वनभोज कार्यक्रम’ गर्ने भएको छ । यही महिनाको २५ तारिख शुक्रबार वनभोजसँगै स्थानीय कलाकारहरूको प्रस्तुति रहने गरी विभिन्न सांस्कृतिक कार्यक्रम हुने समितिले जनाएको छ ।
हरेक वर्ष राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर रक्तदान वनभोज र सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको समितिले कोभिड १९ का कारण अघिल्ला २ वर्ष कार्यक्रम गर्न असमर्थ रहेको थियो । कतारमा कोरोनाको प्रकोप घट्दै गएपछि समितिले कार्यक्रम गर्ने भएको हो ।

अल दोसरी जु पार्कमा हुने उक्त कार्यक्रममा नेपालको सात वटै प्रदेशको संस्कृति झल्कने गरी कलाकारहरूको प्रस्तुति रहने समितिका सभापति अजिज अलिले मध्यान्हलाई जानकारी दिए । उनले कार्यक्रम सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी तयारीलाई तिव्रता दिइएको जानकारी दिए ।

समितिले राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आस्थावानहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेको छ । कोरोनाको कहर कम भए पनि स्वास्थ्य सुरक्षा तथा कोरोनाका सबै मापदण्ड पालना गर्दै कार्यक्रममा उपस्थित हुन समितिले अनुरोध गरेको छ । कार्यक्रममा जान आउनको लागि सनैया, अलखोर, वक्रा र मुन्ताजाबाट निःशुल्क यातायातको व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend