साझा नेटवर्क
गुनाराम घिमिरे, बुटवल फागुन १८ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई निर्मल लामा स्मृति प्रतिष्ठाले सम्मान गरेको छ । निर्मल लामा स्मृति प्रतिष्ठानको सधारण सभाको अबसरमा बुधबार बुटवलमा प्रदेश प्रमुख शेरचनलाई सम्मान गरिएको हो । प्रतिष्ठानको साधारणसभा तथा सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले निर्मल लामा सैद्वान्तिक, व्यबहारिक र निष्ठावान क्रान्तिकारी नेता भएको बताए।
प्रदेश प्रमुख शेरचनले स्व. निर्मल लामा जीवित छदासम्म कम्युनिष्ट आन्दोलन सही ढंगले अगाडी बढेको र अहिले कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक बिचनल आएको बताए। क्रान्तिकारी नेता भएको उल्लेख गर्दै निर्मल लामाले नेपालको कम्युनिष्ट आन्दोलनमा पुराएको योगदान उच्च रहेको दावी गरे।
निर्मल लामा सर्वहारा वर्गका क्रान्तिकारी नेता रहेको बताउंदै प्रदेश प्रमुख शेर्चनले भने– अहिले निर्मल लामा जस्ता निष्ठावान नेता कमै छन्।
नेकपा माओवादीका नेता लिलामणि पोखरेलले निष्ठावान राष्ट्रवादी जननेता भएको बताए।
नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशा निर्देश गरेको बताउंदै बाच्दासम्म परिवर्तनका कागि कम्युनिष्ट आन्दोलनमा निर्मल लामाले निष्ठापूर्वक काम गरेको बताए । निर्मल लामको बिचारलाई विभेदीकरण गर्न नहुने उल्लेख गर्दै नेता पोखरेलले भने–देशको लागि कम्युनिष्ट एकता आवश्यक छ।
कार्यक्रममा नेकपा माओवादीका नेता तथा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री सुर्दशन बराल, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदी, नेकपा मओवादीका निर्मल जीसी, किसन शर्मा लगायतले बोल्दै निर्मल लामाले कम्युनिष्ट आन्दोलनमा पुराएको योगदानको चर्चा गर्दै निर्मल लामा सैद्वान्तिक र क्रान्तिकारी नेता रहेको बताएका छन्। हकिकुल्ला खांको अध्यक्षतामा कार्यक्रम भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend