साझा नेटवर्क
कृष्ण भट्टराई, गुल्मी फागुन १८ ।
साना किसान कृषि सहकारी संस्था लि. बडागांउ र कृषि ज्ञान केन्द्र गुल्मीको लागत साझेदारीमा उन्नत मकै बीउ उत्पादन सम्बन्धि अन्तरक्रिया कार्यक्रम मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मिमा सम्पन्न भएको छ ।
साना किसान कृषि सहकारी संस्था लि.बडागांउका अध्यक्ष हरि प्रसाद छन्तेलको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष ओम बहादुर केसि,संस्थाका संचालक समिती सदस्यहरु गुप्त बहादुर कार्की र चुरा बहादुर पछाइ, नगरपालिका कृषि शाखा कृषि प्राविधिक टोप बहादुर ओलि,पशु बिमा समिती तथा पशुपती निम्न माध्यमिक बिद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटी लगाएत संस्थाका झन्डै ६० जना सेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
साना किसान सहकारी संस्थाले मुसिकोट नगरपालिका अन्तर्गतका २,३ र ४ नं वडामा आफ्ना विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
अन्तरक्रिया कार्यक्रममा संस्था र कृषि ज्ञान केन्द्र गुल्मिको ५०/५०% लागत साझेदारीमा संस्थाको कार्यक्षेत्र भित्रका करिब ४०० देखि ५०० रोपनी क्षेत्रफलमा अरुण-२, मनकामना -३, रामपुर कम्पोजिट र देउती जातको मकैको बीउ उत्पादन गर्ने लक्ष्य लिइएको साना किसान कृषि सहकारी संस्था लि.बडागांउले जानकारी दिएको छ ।
अन्तरक्रिया कार्यक्रम साना किसान कृषि सहकारी संस्था लि.बडागांउका अध्यक्ष हरि प्रसाद छन्तेलको अध्यक्षता तथा वार्ड नं ४ का वडाध्यक्ष ओम बहादुर के.सि.को प्रमुख आतिथ्यता रहेको थियो । नगरपालिका कृषि शाखा कृषि प्राविधिक टोप बहादुर वलिको सहजिकरण रहेको कार्यक्रमको संचालन संस्थाका प्रबन्धक बिबेक पेमिले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend